बढ्दै अष्ट्रेलियामा कोरोना संक्रमण, प्रतिदिन २ लाखसम्म पुग्ने अनुमान

अन्तरराज्जिय एवं अन्तराष्ट्रिय सीमामा लचिलो बनेसँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो राज्य न्यू साउथ वेल्समा गएको चौबिस घन्टामा २२ हजार पाँचसय कोरोना संक्रमितको संख्या थपिएको छ । न्यू साउथ वेल्समा १६ बर्षमाथिका ९३ प्रतिशतभन्दा बढी मानिसले कोरिनाको दुबै डोज खोप लगाइसकेका छन । न्यू साउथ बेल्समा ९०१ संक्रमित अस्पताल भर्ना भएका छन भने ७९ जना आकश्मिक उपचार कक्षमा उपचार गराइरहेका छन । गएको २४ घन्टामा उक्त राज्यमा ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

शुरुवातदेखी नै कोरोना नियन्त्रणमा सबल देखिदै आएको दक्षिण अष्ट्रेलियामा समेत पछिल्लो समयमा संक्रतमितको संख्या बढ्दै गएको देखिन्छ । करिब १८ लाखमात्र जनसंख्या भएको दक्षिण अष्ट्रेलियामा नयां बर्षको अघिल्लो दिनमा मात्र करिब २१ सय संक्रमित थपिई सक्रिय संक्रमितको संख्या ९ हजार २ सय त्रिचालिस पुग्यो । ३१ डिसेम्बरको तथ्याकअनुसार दक्षिण अष्ट्रेलियामा ४४ जना अस्पतालमा, ४ जना आकश्मिक उपचार कक्षमा उपचार गराइरहेको थिएभने (गएको २४ घण्टामा० २ जनाले ज्यान गुमाएका थिए । दक्षिण अष्ट्रेलियामा १२ बर्षमाथिका करिब ८८ प्रतिशत जनसंख्याले कोरोना बिरुद्दको  दुबै डोज खोप लगाइसकेका छन् ।

अष्ट्रेलियाको डिपार्टमेंट अफ हेल्थले ३१ डिषेम्बरमा उपलब्ध गराएको तथ्याक अनुसार अष्ट्रेलियाभरमा १ लाख ३७ हज़ार ७५०  सक्रिय कोरोना संक्रमितको संख्या रहेको थियो । ३० डिसेम्बरको रातको ९ बजेदेखी ३१ डिसेम्बरको रातको ९ बजेसम्म अष्ट्रेलियाभरमा ३२ हज़ार ९ सय ४६ कोरोना संक्रमित थपिएका थिए । अष्ट्रेलिया भरमा हार १ हज़ार ५ सय ९१ जना हस्पिट भर्ना भएका छन भने १ सय २८ जना आकस्मिक उपचार कक्षमा र ४४ जना भेन्टिलेटरमा रहेका छन । अष्ट्रेलियामा हालसम्म २ हज़ार २ सय ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । सावधानी नअपनाइए  अष्ट्रेलियामा प्रतिदिन २ लाख ५० हजारसम्म कोरोना संक्रमित थपिनसक्ने विशेषज्ञहरुले चेतावनि दिइरहेका छन ।

Advertisements

Leave a Reply