एडिलेडमा पहिलो भेट्रान कप फुटबल आयोजना गर्दै नेपाली पाठशाला

साउथ अस्ट्रेलियाको एडिलेडमा पहिलोपटक भेट्रान कपको आयोजना हुने भएको छ ।एडिलेडमा नेपाली वालबालिकाहरुलाई नेपाली बिषय सिकाइरहेको नेपाली पाठशालाले ३५ बर्षमाथिका खेलाडीबिचमा  फुटबल प्रतियोगिता य आयोजना गर्न लागेको हो ।

नेपाली तथा नेपालीभाषिको फुटबल क्बल सहभागी हुने यो प्रतियोगिता लिग चरणमा खेलाइने आयोजक संस्थाका अंकुर उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार नेपाली पाठशालाले सँधै खेल खेलिरहेको बुराघा खेलमैदानमा २७ नोभेम्बर शनिबार प्रतियोगिताको आयोजना हुदैछ ।

प्रतियोगितामा एडिलेड नेपाली समाज, एडिलेड ड्रागन फुटबल क्लब, बोइज युनाईटेड फुटबल क्लब, एडिलेड खुकुरी फुटबल क्लब र आयोजक पाठशालाको २ टिम सहित ६ टीम सहभागी हुदैछन् । प्रतियोगितालाई रोचक बनाउन र दोस्रो पुस्तालाई समेत उत्प्रेरित गर्ने उद्देश्यले नेपाली पाठशाला तथा नेपाली बिद्यालयका बालबालिकाबिच समेत खेल हुनेछ ।

नेपालीको संख्या बढेसँगै साउथ अस्ट्रेलियामा समेत नेपाली फुटबल फस्टाउँदै गएको छ । हरेक बर्ष दशैंकपका साथै अन्य बिभिन्न प्रतियोगिता समेत आयोजना हुदै आएका छन् । भेट्रान कप आयोजक संस्थाका सुरेश जोशीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य एकआपसमा भेटघाट गर्ने, आपसी भाइचारा बढाउने र स्वस्थ रहनका लागि खेल महत्वपुर्ण रहेको सन्देश दिने हो । प्रतियोगिताका विजयीलाई ट्रफी तथा मेडल दिइनेछ भने विभिन्न शिर्षकमा उत्कृष्ठ खेलाडीलाई पुरस्कृत समेत गरिनेछ ।

Leave a Reply