सरिता निरौलाको ‘मलाइ पनि बच्चा बनाउन’ सार्बजनिक

साउथ अष्ट्रेलिया- साउथ अष्ट्रेलियाको एडिलेडमा बस्दै आएकि सरिता निरौलाले आफ्नो पहिलो गीत सार्बजनिक गरेकि छन । उनले ‘मलाइ पनि बच्चा बनाउन’ बोलको गीत सार्वजनिक गरेकी हुन् । उनको गीत आध्यात्मिक रहेको छ ।

नेपाली गीतसंगीतका क्षेत्रमा मायाप्रेमका गीत हरु प्रसस्तै सार्बजनिक हुने गरेपनि आध्यामिक गीतहरु बिरलै सार्बजनिक हुने गरेका छन । यसअर्थमा उनको सिर्जना पृथक रहेको उनी बताउछिन । भगवानसँगको लगाव र प्रेमलाई ब्याक्त गरिएको यो गीत कुनै घर्मप्रति लक्षित नभएको उनको तर्क छ । “यो गीतमार्फत मैले भगवानसँग नजिक हुँदा अनुभूत गरेको आनन्द र शान्तिलाई ब्यक्त गरने कोशिष गरेकी छु । आुले नियमित गर्ने राजयोग ध्यानद्वारा बटुलेको पहिलो अणुभवलाई गीतका रुपमा सबैसामु ल्याएकी हुँ ।” खड्का बताउछिन ।

गीतको रचना, गायन र कम्पोजसमेत आफै गरेकि हुन भने संगीत संयोजन भने नेपालमा रहेका सुरेन्द श्रेष्ठले गरेका छन । गीत एडिलेडमा रहेको भिएम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । ‘छ महिनाको मिहिनेतपछी सिर्जना भएको उक्त गितले श्रोतालाई आध्यात्मिक आनन्द दिने उनको तर्क छ । मायाप्रेमकका थुप्रै गीतहरु सार्बजनिक हुने गरेको अष्ट्रेलियामा आध्यात्मिक तर्फको गीतभने उनको नै पहिलो हुनसक्ने दाबी उनको छ ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Advertisements

Leave a Reply