एडिलेडमा दशैँ

साउथ अष्ट्रेलिया- कोरोनाभाइरसका कारण अष्ट्रेलियामा लामो समयदेखी कार्यक्रमहरु आयोजना हुन सकेका छैनन । कार्यक्रम आयोजनाको त कुरा छोडौं समय समयमा पारिवारिक जमघटमा समेत कठिनाई हुदै आएको छ भने अष्ट्रेलियाका बिभिन्न राज्यहरुले कोरोनाभाइरस नियन्त्रण गर्नका लागी राज्यको कानुन अनुरुप निशेधाज्ञाहरु जारी गर्दै आएका छन ।  साउथ अष्ट्रेलियाको नेपाली समुदायपनि यसबाट अछुतो रहने कुरै भएन । लामो समयको अन्तरालपछी नेपअस इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट नामक संस्थाले एडिलेडका बिभिन्न सस्थाहरुसँगको सहकार्यमा साउदर्न मेट्रोअन्तरगतको ओकलेन्ड वेटलेन्ड रिजर्भमा अक्टोबर ८ तारिख, शुक्रबारका दिन अपह्रान्न १२ बजेदेखी साझको ८ बजेसम्म दशै चाड कार्यक्रमको आयोजना गरेको हो । बिहान र अपह्रान्नको दुबै सिफ्ट वक हुनेहरुले कार्यक्रममा सहभागी हुन सकुन भन्ने उदेश्यले कार्यक्रमको समय अपह्रान्नको १२ बजेदेखी साँझको ८ बजेसम्म राखिएको नेपअस इभेन्ट्सका पुस्कर कोइरालाले नेपाल अक्ट्रेलिया समाचारलाई बताए ।

प्रवेश निशुल्क रहेको कार्यक्रममा खानाका स्टलहरु, सांस्कृतिक नाचगान, लाईभ म्युजिक, बच्चाका लागी खेलहरुका सथै दशैको चिठ्ठासमेतको व्यवस्था रहेको आयोजक संस्थाले बताएको छ । कार्यक्रममा सहभागी हुन सम्पुर्ण नेपालीहरुलाई आयोजक संस्थाले आह्वान गरेको छ ।

Advertisements

Leave a Reply