कोभिडबिरुद्दको खोप लगाउँदा नौ करोड

अष्ट्रेलिया- संसारमा घेरैले कोभिडबिरुद्दको खोप लगाउन नपाईरहेको अवस्थामा कसैलेकोभिडबिरुद्दको खोप लगाएकै भरमा नौ करोड कमायो भन्दा पत्याउन निकै गाह्रो पर्छ ।तर अष्ट्रेलियाका एक भाग्यमानीलाई यस्तै भएको छ । कोभिडबिरुद्दको खोप लगाएकै भरमा एक अष्ट्रेलियन नागरिकले दस लाख अष्ट्रेलियन डलर पाएका छन ।

अष्ट्रेलियामा कोभिडबिरुद्दको भ्याक्सिनलाई प्रोत्साहित गर्न सामाजिक अभियन्ता तथा व्यापारिक घरानाको सक्रियतामा स्थापना गरिएको “मिलियन डलर भ्याक्स अलायन्स” नामको समुहले अष्ट्रेलियामा कोभिडबिरुद्दको खोप लगाउनेहरुलाई ४१ लाख अष्ट्रेलियन डलर बराबरको उपहारहरु दिइरहेको छ । १ हजार अष्ट्रेलियन डलरका गिफ्ट कार्डहरु पुरस्कार रहेको भअियानको सबैभन्दा ठुलो पुरस्कार १० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

अष्ट्रेलियाको सरकारले ८० प्रतिसतभन्दा बढी अष्ट्रेलियनले कोभिडबिरुद्दको  भ्याक्सिन लगाएपछी सामुदायिक एवं व्यापारिक क्रियाकलाइहरुलाई सामान्यिकरण गर्ने बताइरहँदा भ्याक्सिनका लागी प्रोत्साहित गर्न यस्तो पुरस्कारको व्यवस्था गरेका हुन । अमेरिकाको ओहायो राज्यमा पनि भ्याक्सिनको दर बढाउन यस्तैखाले अभियान चलाइएको थियो ।

अष्ट्रेलियामा हालसम्म १६ बर्षमाथिका ७९ प्रतिशतले कोभिडबिरुद्दको पहिलो खोप लगाइसकेका छन भने ५६ प्रतिशतभन्दा बढीले दुबै खोइ लगाइसकेका छन । गएको दुइसातामा मात्र ४० लाखभन्दा बढीले कोभिडबिरुद्दको खोप लिएका छन ।

Advertisements

Leave a Reply