एनआरएनए अष्ट्रेलिया निर्वाचन अपडेट: कुन राज्यमा को को बिजयी (मत संख्या सहित)

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको लागी शनिबार भएको निर्वाचनमा राष्ट्रिय समन्वय समिति अध्यक्षमा नन्द गुरुङ (८५८३ मत) निर्वाचित भएका छन । महासचिवमा राजु बाबु अधिकारी (७८१५), सचिबमा सबिता शाह (८१२२ मत) तथा सह-कोषाध्यक्षमा राजकुमार नगरकोटी (७६८३ मत) निर्वाचित भएका छन । राष्ट्रिय समन्वय समिति युवा संयोजकमा बबिब मिश्र (७८६६), सहसंयोजकमा चन्द्र प्रसाद तिवारी (निरविरोध), सचिबमा क्षितिज बुडाथोकी (७२९२),  कोषाध्यक्षमा रंजित राज ओंटा (७१००) र युवा सदस्यहरुमा आकाश केसी (७०९६), आश्मा आचार्य (८१२६), बिकल भट्टराइ (६८१७), सन्देस राजभन्डारी (७३०२) तथा श्याम कृष्ण बोहरा (६८७२) निर्वाचित भएका छन । 

नारी निकुञ्ज केन्द्रिय संयोजकमा मञ्जु खड्का (७८६४), सह-संयोजकमा समिक्षा अधिकारी पाठक (निर्विरोध), सचिवमा सर्बदा घिमिरे (निर्विरोध), कोषाध्यक्षमा जिप्सोना पौड्याल (निर्विरोध) र सदस्यहरुमा पुजा थपलिया र प्रजिता गेलाल निर्विरोध भएका छन । 

यसै गरि आईसीसी सदस्यहरुमा बुद्दि डल्लाकोटी, नबिन भन्डारी, प्रकाश राम अधिकारी, परेस राज घिमिरे, प्रज्वल भट्टराई, प्रेम प्रसाद कंडेल, र सुर्य आचार्य निर्वाचित भएका छन ।

भिक्टोरियामा सबै पदहरु निर्विरोध भएका छन । भिक्टोरियामा एनआरएनतर्फ संयोजक- रामहरि खड्का, सचिब- नरायण कट्वाल, सहसचिव- दीपक अधिकारी, कोषाध्यक्ष-हेमराज पौडेल , सदस्यहरु- चिरन्जिवि पोखरेल, बब्बि लामा, जीवन आचार्य, प्रिति थापा, गणेश भन्डारी, बिजय दाहाल, समान्यु थापा र कृष्ण बहादुर महरा क्षेत्री निर्विरोध भएका छन । भिक्टोरियाको नारी निकुञ्जमा संयोजक- पारोउ सापकोटा, सचिब- रासी सिंग, सदस्यहरु- कृष्णकला सापकोटा रेग्मी, बीना अधिकारी पन्त, रेनुका संग्रौला पाठक र कल्पना बस्याल निम्न महानुभावहरु निर्विरोध भएका छन।  यसैगरी युथ फोरमतर्फ संयोजक- मनिष लामिछाने, उपसंयोजक- ससेन्द्र गौतम केसी, सदस्यहरु- मतृका खनाल, रंजित सापकोटा, बिक्रम तिवारी, गौरभ सुनार र छबी सापकोटा निम्न सदस्यहरु निर्विरोध भएका छन । 

 क्चिन्सल्यान्डको एनआरएनतर्फ संयोजक- बिनोद भक्त आचार्य (९३९), सह संयोजक- सम्भु गैसे (८६३), सचिब- आतुल खड्का (८५३), सहसचिव- श्याम कुमार बस्नेत (७९९), कोषाध्यक्ष- सन्तोष कुमार पौड्याल (८८९) र सदस्यहरुमा विश्व डागीं (७४८), निख्खिल सावद (८०७), प्रकाश राज पाण्डे (७५९) र सुरज लामिछाने (८१९) निर्वाचित भएका छन । युथ फोरममा भने सबैजना निर्विरोध भएका छन । निर्विरोध हुने संयोजकमा मन्दिप केसी र सह संयोजकमा अनिल खत्री रहेका छन । युथ फोरमको अन्य पदका लागी भने कसैको उम्मेद्वारी परेको थिएन । यसैगरि नारी निकुञ्जमा पनि संयोजकमा लक्ष्मी तामाङ र सह संयोजकमा पल्लवी सापकोटा निर्विरोध भएका हुन । 

Advertisements

Leave a Reply