एनआरएनएको चुनाबी परिणाम घोषणामा ढिलाई, मतदाता आक्रोसित

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न चुनाबी मत परिणाम घोषणा हुन ढिलाई हुदा मतदाता आक्रोसित बनेका छन । साँझको ७ बजेसम्म मतदानको समय रहेको र १० बजे बिजेता घोषणा गर्ने कार्यतालिका रहेकोमा रातको ११:३० बजेसम्मपनि परिणाम नआउदा मतदाता आक्रोसित बनेका हुन । आक्रोसितमध्येका बिनोद पौडेल लेख्छन “NRNA Election Online voting गरेको हो अनि ७:०० बजे सम्म भोट हाल्ने समय पनि तोकिएको थियो।डिजिटल डिजिटल गरेको सुनिएको थियो रिजल्ट आउन कति धेरै समय लागेको कि भोट हातले गन्दै हो कि क्या हो??सिसटमले त ५ मिनेटमै हुने काम हो !!!”

यसैगरि पत्रकार नारायण खड्काले पनि सामाजिक सञ्जाल फेसबुकमार्पत ढिला भएकामा आपत्ति जनाएका छन । यसैगरि साउथ अष्ट्रेलियाकि मतदाता सिता भट्टले भोट अदलबदल गर्न लागिएको त होइन भन्ने आशंका व्याक्त गरेकि छन ।

यसबारेमा एनआरएनए अष्ट्रेलियासँग ढिलाई हुनका कारण बारेमा जिज्ञासा राख्दा यो समाचार तयार पार्दासम्म एनआरएनए अष्ट्रेलियाले कुनै प्रतिक्रिया दिएको छैन ।

Advertisements

Leave a Reply