एनआरएनए अष्ट्रेलिया अध्यक्षमा नन्द गुरुङ बिजयी, नारी निकुञ्जमा मञ्जु खड्का

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिवार सम्पन्न निर्वाचनले नन्द गुरुङलाई अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित गरेको छ । गुरुङले आफ्ना प्रतिद्वन्दी डा. ज्ञानेन्द्र रेग्मीलाई भारि मतले पछी पार्दै निर्वाचित भएका हुन । गुरुङले ८ हजार ५८३ मत पाउदा रेग्मीले ४ हजार ८७९ मातमात्र पाएका छन । 

नारी निकुञ्ज को केन्द्रिय संयोजकमा भने मञ्जु खड्का निर्वाचित भएकि छन । खड्काले ७ हजार ८६४ मत पाउदा उनकी प्रतिद्वन्दी मोनि लिम्बुले ४ हजार ८७७ मतमात्र पाएकी थिइन । सन् २०१४ मा अष्ट्रेलिया आएकी खड्काको एडिलेड नेपाली विद्यालयलाई दर्ता गरि हालको अवस्थासम्म ल्याउन बिशेष योगदान रहेको छ । खड्काले एक कार्यकाल नारी निकुञ्जको राज्य संयोजकको भूमीकामा काम गरिसकेकी छन । 

संघको निर्वाचन शनिवार अनलाइन प्रणालीबाट सम्पन्न भएको निर्वाचनमा ९२.८० प्रतिशत मत खसेको थियो । एनआरएनए अष्ट्रेलियाको जम्मा मतदाता १५ हजार २९८ रहेकामा १४ हजार १९७ जनाले मतदान गरेका थिए ।

218910656_10226112304378821_3886734938017447718_n

अष्ट्रेलियन क्यापिटल टेरिटरी President

 

 

Advertisements

Leave a Reply