एनआरएनए अष्ट्रेलियाको निर्वाचन सम्पन्न, बिजेता घोषणा केहिबेरमा

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालको निर्वाचन सम्पन्न भएको छ । संघको निर्वाचन शनिवार अनलाइन प्रणालीबाट सम्पन्न भएको हो । निर्वाचनमा ९२.८० प्रतिशत मत खसेको थियो । ऐनआरएनएको जम्मा मतदाता १५ हजार २९८ रहेकामा १४ हजार १९७ जनाले मतदान गरेका थिए । सबैभन्दा बढी मत साउथ अष्ट्रेलियामा (९७.८ प्रतिशत) र सबैभन्दा कम मत वेस्टर्न अष्ट्रेलियामा (८५.८६ प्रतिशत ) खसेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष केशव कडेलले आज अष्ट्रेलियाको एनआरएनएको इतिहासमा  ९० प्रतिशतभन्दा बढी मत खसेको एेतिहासिक दिन भएको प्रतिक्रिया दिएका छन । 

बिजेताको घोषणा निर्वाचन आयोगले केही बेरमा गर्दैछ । 

Leave a Reply