मेरियन काउन्सिललाई दिइएको रकम सदस्यता शुल्कको होइन: एनआरएनए अष्ट्रेलिया

गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले ग्लेन्डोर कम्युनिटी सेन्टर अन्तर्गतको प्लेग्राउण्ड स्तरोन्नति गर्नका लागि गरिएको सहयोग रकम मेम्बरसिपबाट उठेको रकम नभएको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले बताएको छ । संघको आधिकारिक फेसबुक पेजबाट आइतवार यस्तो बताइएको हो । उक्त रकम अष्ट्रेलियाको कर कार्यालयबाट ‘गुड्स एन सर्भिस ट्याक्स’ फिर्ताको रुपमा प्राप्त गरेको १३ हजार डलर र दाताहरुबाट उठेको ५.५ हजारमा संघको केही रकम  उक्त परियोजनामा खर्चिएको जनाइएको छ ।  परियोजनामा संघको आफ्नै रकम भने २ हजार डलरभन्दा कम रहेको संघले जनाएको  छ । नाफा नकमाउने संस्थाका लागी २० हजार डलर ठुलो रकम भएको स्विकार गर्दै परियोजनाबाट हुने नाफा नोक्सानीको राम्रो सँग मुल्याँकन गरि कार्यसमितिका बहुसंख्यक सदस्यहरुको सहमतिमा यो निर्णय गरिएको जनाइएको छ ।  

अष्ट्रेलियामा नेपालीहरुको संख्या बृहत रुपमा बढिरहेको भएपनि नेपालीहरु हालसम्म समुदायको पहिचान स्थापना गर्न, स्थानिय सरकारहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न र स्थानिय स्रोत र साधनको उपयोग गर्ने कुरामा असफल भइरहेको सन्दर्भमा नेपाली समुदायलाई यहाँको स्थानिय निकाय तथा सरकारसँग जोड्नका लागी ग्लान्डोर जस्ता परियोजनाहरु कोशेढुङ्गा हुने बताइएको छ । 

एनआरएनए अष्ट्रेलियाले कार्यक्रमको मिति मेरियन काउन्सिलले तय गरेका कारण सदस्यहरुलाई जानकारी गराउन समय नपाईएकोसमेत बताएको छ । हरेक परियोजनाको आफ्ना अर्थ हुने भएपनि यो परियोजनाको सर्वाधिक अर्थ रहेको र हामी बस्ने समुदायलाई केही दिनुपर्छ भन्ने कुराको एउटा उत्कृष्ट नमुना भएको संघको सामाजिक सञ्जाल फेसबुकमार्फत बताइएको छ । 

Screen Shot 2021-07-18 at 12.06.15 pm

Leave a Reply