एनआरएनए आइसीसी निर्वाचन अनलाईन, प्रतिनिधिको शुल्क नलाग्ने

गैर आवासीय नेपाली संघको ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक शनिवार सम्पन्न भएको छ ।  बैठकले संघको आगामी ग्लोबल सम्मेलन अक्टोबर २३ देखी २५ सम्म गर्ने तथा मतदान अनलाईन गर्ने निर्णय गरेको छ । साथै अन्तराष्ट्रिय समन्वय समितिको निर्वाचनमा भाग लिन चाहने प्रतिनिधिहरुले शुल्क तिर्न नपर्ने निर्णयसमेत गरेको छ ।  संघको यस बैठकमा भएका केही निर्णयहरुले दीर्घकालिन महत्व राख्ने एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका केही सदस्यहरुले बताएका छन । 

यता गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले केही समय अगाडी अन्तराष्ट्रिय समन्वय समितिको निर्वाचनमा भाग लिन चाहने प्रतिनिधिहरुले अष्ट्रेलियन डलर १२५ शुल्क तिर्नु पर्ने जनाएको थियो । यसबारेमा संघका अध्यक्ष केशव कडेलसँग सम्पर्क गर्दा कडेलले अन्तराष्ट्रिय समन्वय परिषद्ले यसअघि ५० डलर शुल्क तोकेको, शुन्य शुल्कको निर्णय केही घन्टा अघिमात्र गरेको तथा अष्ट्रेलियाले यसबारेमा आघिकारिक परिपत्रको प्रतिक्षा गरिरहेको नेपाल अष्ट्रेलिया समाचारलाई बताए । 

217765868_10221175100188894_1999683425802892908_n

Advertisements

Leave a Reply