एनआरएनले गर्यो मेरियन सिटी काउन्सिललाई २० हजार डलर सहयोग

 गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले नेपालीहरुको बाक्लो बसोबास रहेको मेरियन सिटी काउन्सिललाई २० हजार डलर सहयोग गरेको छ । सहयोग रकम मेरियन सिटी काउन्सिल अन्तर्गतको ग्लेन्डोर कम्युनिटी सेन्टरमा बनेको खेलमैदानमा बनाउनका लागी खर्च हुने बुझिएको छ । प्रोजेक्टको जम्मा खर्च ५ लाख २० हजार डलर रहेकोमा मेरियन काउन्सिलले ३ लाख ८५ हजार, अष्ट्रेलियन सरकाले १ लाख डलर, एनआरएनए साउथ अष्ट्रेलियाले २० हजार र आर्टएसए भन्ने स्थानिय संस्थाले १५ हजार डलर सहयोग रहेको मेरियन सिटी काउन्सिलले संघको सह-संयोजक सन्तोषी गौतमलाई लेखेको निमन्त्रणा पत्रमा लेखिएको छ । सहयोग रकमको चेक शनिवार खेलमैदान उद्घाटनको अवशरमा भएको कार्यक्रममा हस्तानतरण गरिएको थियो । संघका तर्फबाट प्राप्त भएको रकम छहारी एवं टेबलकुर्सी बनाउन खर्चिने बुझिएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण कोस्ट एफएमबाट गरिएको थियो । साउथ अष्ट्रेलियामा चीनिया, भारतीय, ब्रिटिस, युरोपियनलगायत अन्य बिदेसीहरुको तुलनामा नेपालीहरु नगन्य छन । तर यसरी यहाको सरकारलाई रकम सहयोग गर्ने नेपाली समुदाय पहिलो भएको मेरियन काउन्सिलकि मेयर क्रिस हानाले भाषणका क्रममा बताएकी छन ।

संघले अष्ट्रेलियाको सरकारको अंगलाई सहयोग गर्दैगर्दा गैर आवासीय नेपाली संघका केही सदस्यहरुले भने  असन्तुष्टि पोखेका छन । सदस्यहरुबाट नेपाल र नेपालीको हकहितमा काम गर्ने भन्दै मेम्बरसिपमार्फत उठाएको पैसा अष्ट्रेलियन सरकारको धनी मध्येको एक काउन्सिललाई सहयोग गरिनु उचीत नभएको उनीहरुको तर्क छ । 

असन्तुष्टहरुले सामाजिक सञ्जाल फेसबुकमा चर्को बिरोध गरेपछी युवासंघका संयोजक रहेका थिर गुरुंङले अष्ट्रेलिया यहाँ बसोबास गर्ने नेपालीहरुको दोस्रो घर रहेको, समुदायलाई दिनु नेपालीहरुको दायित्व भएको र यसले नेपालीहरुलाई पहिचानसमेत दिने भन्दै एनआरएनएको कदमको बचाउ गरेका छन ।यसको अलावा यो समाचार तयार गर्दासम्म संघको तर्फबाट हालसम्म आधिकारीक रुपमा उक्त रकमको स्रोत तथा सहयोगको उदेश्यबारे कुनै धारणा सार्बजनिक भएको छैन । 

218764752_10225268137147538_8165875876042974549_n

Advertisements

Leave a Reply