पछी हटिन प्रजिता, साउथ अष्ट्रेलिया संयोजकमा रेनुकालाई सहयोग गर्ने

गैर आवासीय नेपाली संघको  उम्मेद्वारीको आबेदन बन्द हुन केही घन्टामात्र बाँकी रहदा सामाजिक सञ्जाल फेसबुकमार्फत साउथ अष्ट्रेलिया संयोजक पदमा उम्मेद्वारी घोषणा गरेकी ‘झुमी झुमी गर्ल’ अर्थात  प्रजीता गेलालले एक बिज्ञाप्ति जारी गर्दै आफूले उम्मेद्वारी फिर्ता लिएको जनाएकी छन । बिहिबार राती १२ बजेसम्म उम्मेद्वारीको आबेदनको समयसीमा रहेकामा गेलालले राती करिब १० बजे बिज्ञाप्ति जारी गरि यस्तो बताएकी हुन । गेलालले अर्कि उम्मेद्वार रेनुका लामालाई सहयोग गर्ने पनि बताएकी छन । लामाको साउथ अष्ट्रेलियाको नेपाली समुदाय भवन निर्माणका लागी जग्गा दान गर्न गरेको प्रतिबद्दताको उच्च मूल्याङ्कन गर्दै आफुले लामालाई समर्थन गर्ने घोषणा गरेको गेलालले बिज्ञाप्तिमा लेखेकी छन । साथै गेलालले आफ्ना समर्थकहरुलाई पनि लामालाई सहयोग गर्न आव्ह्वान गरेकी छन । 

एनआरएनएको गएको निर्बाचनमा समेत साउथ अष्ट्रेलिया संयोजकको डौडमा रहेकी लामाले पुन: सोही पदमा उम्मेद्वारी घोषणा गर्नुका साथै लामो समयदेखी चर्चामा रहेको तर कतैबाट ठोस पहकदमी हुन नसकेको सामुदायीक भबन निर्माणका लागी जग्गा दान गर्ने घोषणा गरेर साउथ अष्ट्रेलियाको समुदायमा तरङ्ग पैदा गरेकी छिन । समुदायिक भवनका लागी जग्गा दान गर्ने घोषणा नेपालका राजनितिक दलका घोषणापत्रजस्तै एनआरएनएको चुनाब जित्ने एजेण्डामात्र त होईन? भन्ने नेपाल अष्ट्रेलिया समाचारको प्रश्नको जवाफमा लामाले एनआरएनएको संयोजक पदको उम्मेद्वारी र सामुदायीक भवन निर्माणको लागी जग्गा दान गर्ने घोषणा संयोग मात्र भएको तर आफुले लामो समयदेखी यसको तयारी गरिरहेको प्रतिक्रिया दिइन ।

हेर्नुहोस, पेसागत रुपमा म एक नर्स हु जहाँ नैतिकता र बोलीको एकदमै महत्व हुन्छ । सामुदायिक भवनका लागी जग्गा दान गर्ने घोषणा कुनै संस्थाका लगी पाचँसय डलर दान गरेजस्तो होइन, ठुलो स्रोत र लामो तयारी चाहिन्छ । समुदायका लागी केही गरौँ भन्ने भावनाले पहिले देखी नै अभिप्रेरित थिएँ, र जग्गा दान गर्ने कुराको तयारी सन २०१५ देखी नै गरेकी थिए । संयोगले एनआरएनएको संयोजक पदको उम्मेद्वारी र जग्गादानको घोषणा एकै समय भयो र चुनाबी एजेण्डाजस्तो देखिन गयो। चुनाब जिते प्रवासका नेपालीको छातासंगठन एनआरएनएको माध्यमबाट, नजिते अन्य कुनै माध्यममाट । सहयोग भने भएर रहन्छ ।” लामाले भनिन् । 

गेलालले पछी हटेपनि साउथ अष्ट्रेलियामा संयोजक पदका लागी दुइजना महिलाको कडा टकराव हुने देखिएको छ ।रेनुका लामाले गएको एक कार्यकाल सहसंयोजकको रुपमा काम गरिसकेकी सन्तोषी गौतमको सामना गर्नुपर्ने छ । सन २०१५ देखी नै एडिलेड नेपाली समाजमार्फत साउथ अष्ट्रेलियाको नेपाली समुदाय सेवा प्रवेश गरेकी गौतमको स्थानिय सरकारसँग राम्रो सम्बन्ध रहेको छ । गौतम एनआरएनए साउथ अष्ट्रेलियाकी सहसंयोजक हुनुका साथै साउथ अष्ट्रेलियाको जस्टिस अफ पिससमेत हुन । उनी रोटरी क्लबमार्फतका बिभिन्न स्थानिय कार्यक्रमहरुमार्फत पनि समुदाय सेवा गर्ने गरेकी छन । 

 

Advertisements

Leave a Reply