साउथ अष्ट्रेलिया राज्य सचिबमा बिनोदको उम्मेद्वारी

गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा साउथ अष्ट्रेलियाका राज्य सचिबका लागी बिनोद बाँनियाले उम्मेद्वारी घोषणा गरेका छन । संघको यूवा समिति सदस्यका रुपमा एक कार्यकाल काम गरिसमेका बानिया आफू समुदायका लागी काम गर्ने उत्साह बोकेर नै एनआरएनए अभियानमा होमिएको बताउँछन ।

नेपाल अष्ट्रेलिया न्युजसँग कुरा गर्दै बाँनियाले भने “गएको कार्यकालमा युवा समितिको सदस्य हुँदासमेत एनआरएनएको हरेक मिटिङ्गमा सहभागी भइ संघले गरेका प्राय सबै कार्यक्रमहरुमा एउटा सक्रिय सदस्यको भूमिका निर्वाह गंरे, उत्साह बढेर गयो । त्यही भएर समुदायको सेवा अर्थपुर्ण रुपबाट गर्नका लागी सचिबको पदमा उम्मेद्वारी दिएको हुँ ।”

केही समय अघिसम्म एडिलेडको एउटा नाम चलेको होटलको हाउसकिपिङको व्यवस्थापकिय जिम्मेवारी सम्हालेका बाँनिया बिगतमा धेरै नेपाली विद्यार्थीहरुलाई रोजगारीमा सहयोग गर्ने गरेको स्मरण गर्छन । त्यसो त केही समय अघिसम्म नेपाली समुदायका लागी अन्य राज्यका पाहुना आँउदा बास स्थानका लागी सबैले झट्ट स्मरण गरिहाल्ने नाम हो बिनोद बाँनिया ।

एनआरएनएमा नेपाली राजनीतिको छाँया पर्न नहुने र आफू कुनै पक्षको सदस्यका रुपमा निर्वाचनमा जाने कुरालाई नकार्ने बाँनिया काम गर्नका लागी सोच मिल्नेहरुको समुह हुनुपर्ने कुरामा भने जोड दिन्छन । सचिबको उम्मेद्वार बिनोद बाँनियाको उम्मेद्वारी घोषणा यस्तो छ; 

साउथ अस्ट्रेलियामा बस्नु हुने सम्पूर्ण नेपालीहरुमा नमस्कार !
एनआरएनए साउथ अस्ट्रेलियामा युथ सदस्यको रुपमा १९-२१ कार्यकालको टीमसँग रहेर काम गर्ने मौका प्राप्त भयो। बाहिर बाट हेर्दा भन्दा भित्र गएर काम गर्दा सँस्थाका धेरै आयामहरुलाई नजिक बाट चिन्ने अवसर प्राप्त भयो।कोभिडको कठिन समय हुदा हुदै समेत समुदायमा के गर्न सकिन्छ भनेर नेतृत्व निरन्तर रुपमा लाग्यो। समुदायमा हामीले देखिने कामसँगै समुदायको सदस्यलाई गार्हो पर्दा दिन रात नभनेर परोपकारी काममा टीमका साथीहरुसॅंग लाग्दा मलाई छुट्टै प्रेरणा मिल्यो र आगामी दिनमा समेत यस अभियानमा निरन्तरता दिने सोच बनाएको छु। आउने कार्यकालमा( २१-२३) एनआरएनए साउथ अस्ट्रेलियाको सचिब भएर काम गर्ने इच्छा रहेको समेत यहाँहरु माझ जानकारी दिन चाहान्छु।
यहाँहरुको सुझाब ,साथ सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण बिश्वस्त छु।
Advertisements

Leave a Reply