साउथ अष्ट्रेलियामा युवतीको हत्या गरि गाड्ने युवक पक्राउ

हत्या गरेर लाश गाडिएकी युवती जस्मीन कौर । Credit: AAP

साउथ अष्ट्रेलियामा एक युवतीको हत्या गरि लाशलाई जंगलमा पुर्ने एक युवक पक्राउ परेका छन । एज्ड केयर बर्करका रुपमा कार्यरत भारतीय मूलकि एक यूवतीको उनले हत्या गरि फ्लिन्डर रेन्जको एक जंगलमा गाडेर फर्किएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । २१ बर्षीय जस्मिन कौर नाम गरेकी ती युवती नर्थ प्लिम्टन सवहर्बमा बस्ने गरेकी थिइन । उनी काम गर्ने एज्ड केयर फ्यासिलिटीमा गत शुक्रबारको मध्यान्नको सिफ्ट सकेपछी परिवारको सम्पर्क बाहिर रहेकी थिइन । हराइरहेकी कौरको लाश गाडिएको अवस्थामा मोरालाना क्रिकमा प्रहरीको अनुसन्धान टोलीले सोमबार फेला पारेको थियो । 

मंगलबार छोटो समयका लागी पोर्ट अगस्टा म्याजिस्ट्रेट कोर्टमा भएको सुनुवाइको क्रममा हत्या अभियोग लागेका ती युवाको तर्फबाट जमानतका लागी आवेदन गरिएको छैन । युवकलाई कौरको हत्या तथा हत्याका बारेमा प्रहरीलाई जानकारी नगराएको आरोप छ । कौरको हत्या अभियोगको अर्को सुनुवाई आगामी डिसेम्बर १५ मा हुने र त्यस अवधीसम्म ती युवा प्रहरीको हिरासतमा रहनेछन । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ । सरकारी वकिलले यस्ताखाले जटिल हत्यामा आवश्यक प्रमाणहरु संकलन गर्नका लागी लामो समय चाहिने बताएका छन । 

 

Advertisements

Leave a Reply