अष्ट्रेलियाको मेलबर्नमा भारतीय महिला विद्यार्थी कुटिइन; जातीय गाली गलौच गरियो

मेलबर्नको दक्षिण-पश्चिमको एक व्यापारिक केन्द्रमा भारतीय महिला विद्यार्थी कुटिएकी छ । पिटिएकी भारतीय विद्यार्थीले आफु साथीहरुसँग बस कुरिरहेको अवस्थामा केही यूवा यूवतिहरु आएर उनलाई कुटपिट गरेको बताएकी छन । 

“उनीहरुले उनीहरुको जातीय विभेद सहितको व्यवहारले असहज अवस्थाको सिर्जना गराए । उनीहरुले भारतीयहरु गन्हाउने भन्दै जहाँबाट आएको त्यँहि जाउ भने ।” पीडित विद्यार्थी रुपिन्डर कौरले SBS पञ्जाविसँगको अन्तरवार्ताको क्रममा बताइन । 

घटना २७ मे मा साँझ ५:३० बजेतिर पश्चिम-उत्तर मेलवर्नमा रहेको वेरिबि प्लाजामा घटेको हो । 

“उनीहरु त्यहि रोकिएनन । हामी चढेकै बसमा चढे, खाँदै गरेको पेय पदार्थ मेरो अनुहारमा छ्यापे, हामीलाई सुन्न नसकिने खालका गाली गलौच गरिरहे । म उनीहरुलाई भारतीयसँग के समस्या छ भनेर सोध्न गएँ । त्यसपछी उनीहरुले मलाई कुटपिट गर्न थाले । अनुहार, टाउको र छातीमा मुक्काले हिर्काए । मेरो सर्ट रक्ताम्मे भयो । बस ड्राइभरले मेरो आग्रहमा पुलिस र एम्बुलेन्स त बोलाए तर पुलिस आउदा उनीहरु भागिसकेका थिए ।” कौरले भनिन ।  

उनी घटनापछी आफु मानसिक रुपमा निकै बिछिप्त बनेको प्रतिकृया दिएकी छन । त्यसमाथी डाक्टरले कोरोनाभाइरसको टेस्ट गराउन भनेपछी थप चिन्तित बनेको बताइन । 

मेलबर्नको अपराध अनुसन्धान गर्ने प्रहरीले घटनाबारे अनुसन्दान गरिरहेको प्रहरी प्रवक्ताले बताएका छन । घटना देख्नेहरुलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीले क्राइम स्टपरको फोन नम्बर १८०० ३३३ ००० मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

Advertisements

Leave a Reply