पहिलो घर बनाउने नागरिकलाई २५ हजार डलर दिँदै अष्ट्रेलिया सरकार, क-कसले पाउछन त?

तीन दशकपछी ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने अष्ट्रेलियन सरकारको रणनीति अनुसार अष्ट्रेलियनहरुले घर बनाउन अष्ट्रेलियन डलर २५ हजार पाउने भएका छन । अष्ट्रेलियाको संघीय सरकारले घोषणा गरेको यो प्याकेज नागरिकले राज्यसरकारबाट घर बनाउन पाउदै आएको सुविधामा थप सुविधा हो । उदाहरणका लागी यदि तपाईले राज्यसरकारबाट यसअधि १५ हजार  सुविधा पाउदै आउनुभएको थियो भने यो घोषणापछी तपाईले जम्मा ४० हजार सुविधा पाउनुहुनेछ । यो सुविधा घर बनाउन वा रिनोभेसन गर्न चाहने अष्ट्रेलियन नागरिकहरुले पाउनेछन । सरकारले यसका लागी केही शर्तहरु भने तोकेको छ । 

अष्ट्रेलिया सरकाकरको यो सुविधा पाउनका लागी १८ बर्षमाथीको अष्ट्रेलियाको नागरिक भए र बिबाह नगरिकाको हकमा गएको आर्थिक बर्षमा १ लाख २५ हजार डलरभन्दा कम र बिबाहित जोडीको हकमा दुबैजनाको गरि २ लाख डलरभन्दा कम आम्दानी हुनुपर्नेछ । घर बनाउन चहनेहरुले ४ जुन देखी ३१ डिसेम्बरसम्म घर बनाउने करार गर्नुपर्नेछ र करार गरेको तीन महिनाभित्रमा घर बनाउन शुरु भएको हुनुपर्ने छ । नयाँ घर बनाउनेहरुको हकमा ७ लाख ५० हजार डलरभन्दा कम मूल्यको घर बनाउनेले मात्र यो सुविधा पाउनेछन । 

यसैगरि घर रिनोभेसन गर्नेहरुको हकमा १५ लाख डलरभन्दा कम मूल्यको घरमा १ लाख डलरदेखी ७ लाख ५० हजारसम्मको रिनोभेसन गर्न चाहनेहरुले यो सुविधा पाउनेछन । रिनोभेसन आफु बस्नेगरेको घरको मात्र गर्नपाउनेछन भने घरभित्रको रिनोभेसनका लागी मात्र उक्त सुविधा पाउनेछन । घरबाहिरका रिनोभेसनका कामहरु  स्विमिङ पुल बनाउने लगायतका कामहरुमा यस्तो सुविघा पाइनेछैन । 

समाचारमा लेखिएका कुराहरु सामान्य जानकारीका लागी मात्र हो । यहाँको अवस्थाअनुसार थप जानकारीको लागी यहाँको एलाउन्टेन्टसँग सरसल्लाह गर्नुहोस । 

Leave a Reply