किन अष्ट्रेलिया आउने तेस्रो नेपाली विमान पनि खाली फर्काउन बाध्य छ नेपाली दूतावास?

तेस्रोपटक अष्ट्रेलिया आउदै गरेको नेपाली ध्वजाबाहक नेपाली विमानपनि अन्तत: रित्तै फर्कने भएको छ । नेपाली दूतावासले एक सुचना प्रकाशित गरि नेपाल फर्कन चाहने नेपालीहरुको विवरण संकलन गर्नका लागी एक अनलाईन फारमको व्यवस्था गरेपछी अष्ट्रेलियामा फसेका नेपालीहरु निकै उत्साहित भएका थिए । नेपाल फर्कनका लागी तेह्रसय बढी नेपालीहरुले फारमसमेत भरेर लागेको शुल्क तिर्नसमेत तयार रहेका थिए । 

नेपाल सरकारले ढीला गरि निर्णय गरेका कारण अर्कैले चार्टर गरेको विमानको प्रयोग गर्दा विमानस्थलमा आउनसक्ने प्राविधिक समस्याहरु समाघानका लागी आवश्यक तयारी गर्न समय अपुग रहेको कारण तेस्रो पटक अष्ट्रेलिया आउन लागेको विमान समेत रित्तै फर्कन लागेको बुझिएको छ । यद्दपि अष्ट्रेलियामा रहेको नेपाली दूतावासले अन्य सेवा प्रदायकका विमान प्रयोग गरेर भएपनि अष्ट्रेलियाका नेपाली नेपाल फर्काउने प्रतिवद्दता जनाएको छ । 

यसअघि २ अप्रिल र ७ मे मा पनि नेपाली ध्वजाबाहक विमान अष्ट्रेलिया र न्यू जिल्याण्डका नागरिक तथा अष्ट्रेलियाका पीआरधारीहरु लिएर अष्ट्रेलिया अइसकेको छ । ९ जुनमा तेस्रोपटक नेपाली ध्वजाबाहक विमान अष्ट्रेलियाको क्यानवेरा आउदैछ तर तीनै पटक अष्ट्रेलिया आएको नेपाली ध्वजाबाहक विमान रित्तै फर्कने छ ।  

 

Advertisements
Advertisements

Leave a Reply