प्रवासी नेपाली मञ्चको कोभिड रिलिफ फण्डलाई सहयोग, ११० जनालाई रोजगारमूलक तालिम दिदै

प्रवासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले एनआरएनए अष्ट्रेलिया अन्तरगतको कोभिड-१९ राहत कोषमा १ हजार डलर सहयोग गरेको छ । यसका साथै साउथ अष्ट्रेलियामा मञ्चले ११० भन्दा बढी अन्तराष्ट्रिय नेपाली विद्यार्थीहरुलाई विभिन्न रोजगारमूलक तालिम दिने बताएको छ । मञ्चले  ३० जनालाई वरिष्त (व्यावसायीक कफी तालिम), १० जनालाई रेस्पोन्सिबल सर्भिस अफ अल्कोहल (RSA) तालिम, १० जनालाई व्ह्वाइट कार्ड तालिम र ६० जनालाई एकदिने आधारभुत क्लिनिङ तालिम दिने जनाएको छ ।यसको अतिरिक्त मञ्चले चाहिनेजति सबैलाई वायोडाटा (Resume) तथा कार्य आवेदन (Job Application) मा सहयोग गर्ने बताएको छ । 

मञ्चले जारी गरेको बक्तब्यमा सामाजिक उत्तरदायित्व वहन संगसंगै प्रवासको नेपाली समुदायसंग नेपाली मौलिक संस्कृति, परम्परा एवं चाडपर्वहरु मनाऊने तथा नेपाली संस्कृति र पहिचान झल्कने “टाेपी दिवस” लगायतका विविध कार्यक्रमहरु गर्दै आईरहेका मञ्चले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरु र तिनका आश्रित परिवारजनहरुमा तत्कालिन तथा दिर्घकालका लागी विभिन्न सहयोग गर्ने क्रममा एनआरएनए अष्ट्रेलिया अन्तरगतको कोभिड-१९ राहत कोषमा १ हजार डलर सहयोग गरेको र अन्तराष्ट्रिय नेपाली विद्यार्थीहरुलाई रोजगारमूलक तालिमको व्यवस्था गर्न लागेको बताएको छ । 

मञ्चले आफ्ना कार्यक्रमहरु साउथ अष्ट्रेलियाको नेपाली समुदायको कोभिड-१९ रिलिफ टास्क फोर्ससँगको  सहकार्यमा गर्न लागेको जानकारी गराएको छ । मञ्चको तालिममा सहभागी हुन २० मे २०२० सम्ममा  लिङ्कमा रहेको  फार्म भर्नुपर्ने मञ्चले बताएको छ ।

Leave a Reply