काठमाडौं स्थित अष्ट्रेलियन दूतावासले यात्रु संख्या उल्लेख्य नभएको भन्दै १५ मे मा नेपालबाट अष्ट्रेलिया ल्याउने भनिएको नेपाली वायुसेवा निगमसँगको कुराकानीको प्रक्रिया स्थगन गरेको बताएको छ । नेपालस्थित अष्ट्रेलियन दूतावासका अनुसार नेपालबाट ६ मे मा आउने विमाननै अन्तिम हुनेछ ।
साथै नेपालबाट अष्ट्रेलिया आउन चाहने अष्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दाहरुलाई दूतावासले आइतबारसम्म दूतावासमा सम्पर्क गरि रजिष्ट्रेशन गराउन आग्रह गरेको छ ।
Advertisements