गरिबलाई राहत बाँड्ने अमिरको अनौठो जुक्ति, १ किलो आटाको पोको भित्र १५ हजार नगद

आजकल नेपाल भारत लगायतका देशमा हुनेखानेले गरिबलाई बाडिएको राहत लिइ दिनाले खास पीडितमा राहत पुग्न निकै कठीन छ । तर भारतीय नायक एवं समाजसेवी आमिर खानले खास गरिबहरूसम्म राहत पुर्याउन अनौठो जुक्ति लगाएका छन ।

नायक एवं समाजसेवी खानले मध्य रातमा एक स्लाम एरियामा एक ट्रक आटा लगेर एक एक किलो आटा बाढिदै गरिएको सुचना फैल्याए । चरम अभावमा बाचिरहेका उक्त क्षेत्र अति गरिबहरू उक्त एक किलो आटा भएपनि लिन आए । अन्य एक किलो आटा लान मध्यरातमा के जानु भन्दै गएनन । साह्रै खाँचो हुनेहरू गएर एक एक किलो आटाको पोको लिएर आए । घरमा गएर आटाको पोको खोल्दा उनीहरूका आँखा हर्षले रसाए । कारण हरेक पोकोमा पिठोभित्र १५ हजार भारु राखिएको रहेछ ।

आमिरको अति गरिबसम्म राहत पुर्याउने यो चलाखीको सर्बत्र प्रशंसा भैरहेको छ ।

Leave a Reply