साउथ अष्ट्रेलियामा कोरोनाका ९८ प्रतिशत बिरामी निको भए, पार्कहरू खुला गरिँदै

अष्ट्रेलियाको दक्षिणी राज्य साउथ अष्ट्रेलियामा कोरोनाका ९८ प्रतिशत बिरामी निको भएका छन । साउथ अष्ट्रेलियामा कोरोनाका जम्मा ४३८ संक्रमितमध्ये ४२७ जना निको भइसकेका छन भने संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन । साउथ अष्ट्रेलियामा अब ७ जना मात्र कोरोनाका बिरामी निको हुन बाँकी रहेका छन । साउथ अष्ट्रेलियामा बिगत १० दिनदेखी एकजना पनि कोरोनाका नयाँ बिरामी फेला परेका छैनन ।

यसैबिच साउथ अष्ट्रेलिया राज्य सरकारले राज्यमा लागु गरिएको लकडाउन खुकुलो बनाउने बताएको छ । साउथ अष्ट्रेलियाकि प्रमुख स्वास्थ्य अधिकृत निकोला स्पररलाई उदृत गर्दै प्रिमियर स्टेभेन मार्सलले यो सातादेखी नै खेलमैदान र पार्क लगायतका सार्वजनिक स्थलहरू खुला गरिने बताएका छन

Advertisements

Leave a Reply