अष्ट्रेलियाले नेपालबाट अन्तिमपटक आफ्ना नागरिक ल्याउँदै, चाँडो सम्पर्क गरिहाल्नुहोस

अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिक तथा स्थायी बासिन्दालाई ६ मे मा अन्तिमपटक नेपालबाट अष्ट्रेलिया ल्याउने बताएको छ । काठमाण्डौमा रहेको अष्ट्रेलियाको दूतावासले यस्तो बताएको हो  । कोरोनाका कारण हवाइसेवाहरु स्थगीत भएका कारणले विकसित देशहरुले आफ्ना नागरिलाई चार्टर उडानमार्फत आफ्नो देश लैजाने गरेका छन । यसै क्रममा नेपालमा रहेको अष्ट्रेलियन दूतावासले नेपाली वायुसेवा निगमसँग दुइपटक नेपालबाट अष्ट्रेलिया अफ्ना नागरिक तथा स्थायी बासिन्दा लैजाने सहमतिपत्रमा शुक्रबार हस्ताक्षर गरेको थियो । दुतावसले ६ मे र १५ मे मा नेपालबाट अष्ट्रेलिया उडानका लागी नेपाली वायुसेवा निगमसँग सहमति गरेकोमा ६ मे मा खासै धेरैले अष्ट्रेलिया फर्कन उत्साह नदेखाएका कारण १५ मे को उडान रद्द गरेको शनिवार साँझ बताएको हो हो । यदि नेपालबाट अष्ट्रेलिया आउन चाहनुहुन्छ भने यथासीध्र नेपालमा रहेको अष्ट्रेलियन दुतावासमा सम्पर्क गरिहाल्नुहोस । दुतावासको इमेल austembassy.kathmandu@dfat.gov.au रहेको छ । अष्ट्रेलिया फर्कन चाहनेहरुले आइतवार सम्ममा अष्ट्रेलियन दूतावाससँग सम्पर्क गरि रजिष्ट्रेशन गरिसक्नु पर्ने छ । 

अष्ट्रेलियाले गत २ अप्रिलमा पहिलो पटक २४० जनाभन्दा बढी अष्ट्रेलिया र न्यू जिल्याण्डका नागरिक अष्ट्रेलिया ल्याइसकेको छ । यसैगरि ६ मे मा २५० जना ल्याउन लागेको छ । 

Leave a Reply