दोस्रोपटक अष्ट्रेलिया आउन लागेको नेपाली विमानमा नेपाली फिर्ता नलगिने, नेपाली आक्रोसित

मे को पहिलो साता अष्ट्रेलियाका तथा न्यू जिल्याण्डका नागरिक तथा अष्ट्रेलियाका स्थायी बासिन्दा बोकेर अष्ट्रेलिया आउन लागेको नेपाली वायुसेवा निगमको जहाज रित्तै फर्किने भएको छ । मे महिनाको ६ तारिखमा नेपाली बिमान दोस्रोपटक अष्ट्रेलिया आउदैछ ।  अष्ट्रेलियामा रहेको नेपाली दुतावासले अष्ट्रेलिया आउनलागेको नेपाली विमानमा यहा संकटमा रहेका नेपाली र नेपाल फर्कन चाहने नेपालीलाई फिर्ता लैजान पहल गरेको भएपनि नेपाल सरकारले अष्ट्रेलियाबाट नेपाली लैजाँदा नेपालमा जोखिन हुने भन्दै नेपाली लैजान नमानेपछी दोस्रो पटक अष्ट्रेलिया र न्यू जिल्याण्डका नागरिक तथा अष्ट्रेलियाका स्थायी बासिन्दा बोकेर आउन लागेको नेपाली विमान रित्तै फर्कने लगभग पक्का भएको छ । 

अष्ट्रेलियाका तथा न्यू जिल्याण्डका नागरिक तथा अष्ट्रेलियाका स्थायी बासिन्दा लिएर अप्रिल २ तारिखमा अष्ट्रेलिया आएको बिमानमा नेपाली फिर्ता नलगिएपछी दोस्रो पटक आउने विमानमा नेपालीहरुलाई फिर्ता लैजान अष्ट्रेलियामा रहेका नेपालीहरु, संघसस्था तथा सञ्चामाध्यमहरुले ले क्यानवेरामा रहेको नेपाली दुतावासमार्फत नेपाल सरकारलाई दवाव दिदै आएका थिए । अष्ट्रेलियामा रहेका १ हजारभन्दा बढी नेपालीले त नेपाली दुतावासलाई पत्र लेखेर नै दवाव दिएका थिए । यसैगरि अष्ट्रेलिया घुम्न आएका पुर्ब नेपाली क्रिकेट खेलाडी अनिल अधिकारीले अफुलगायत अष्ट्रेलियाबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई अष्ट्रेलिया आउने नेपाली विमानमा नेपाल फिर्ता लैजान दवाव दिने उदेश्यले भोक हड्ताल नै गरेका थिए । अष्ट्रेलिया भ्रमणमा आएका अधिलकारी निकै समस्यामा रहेको बुझिएको छ । 

दोस्रोपटक आउनलागेको विमानमा समेत नेपाली फिर्ता नलैजाले नेपाल सरकारको निर्णप्रति धेरै नेपालीले आक्रोस व्याक्त गरेका छन । 

 

Advertisements
Advertisements

Leave a Reply