‘साउथ अष्ट्रेलिया विश्वको सबैभन्दा सुरक्षित ठाउँ’

अष्ट्रेलियाको दक्षिणी राज्य साउथ अष्ट्रेलियामा सात दिनदेखी कोरोना भाइरसको कुनै नयाँ संक्रमण फेला परेको छैन । साउथ अष्ट्रेलिया जम्मा ४३८ कोरोना भाइरसको संक्रमण फेला परेकोमा ४ जनाको मृत्यु भएको छ भने ४१६ जना निको भइसकेका छन । साउथ अष्ट्रेलियाकी प्रमुख स्वास्थ्य अधिकृत निकोला स्पररले साउथ अष्ट्रेलियामा जम्मा १४ जनामात्र कोरोनाका बिरामी बाँकी रहेको सञ्चारमाध्यम सँगको कुराकानीको क्रममा मंगलबार बताइन ।

साउथ अस्ट्रेलियामा करिब दस हजार नेपाली बसोबास गर्छन्। साउथ अष्ट्रेलिया बस्ने कोहीपनि नेपालीलाई कोरोनाको संक्रमण भएको छैन ।

Advertisements

Leave a Reply