अष्ट्रेलिया आउने नेपाली जहाजमा नेपाली फर्काउन संकिदैन: नेपाली दूतावास अष्ट्रेलिया

 

न्यू जिल्यान्ड तथा अष्ट्रेलियाका नागरिक तथा अष्ट्रेलियाका स्थायी बासिन्दा लिएर मे महिनाको पहिलो साता अष्ट्रेलिया आउने नेपाल वायुसेवाको जहाजमा नेपालीलाई पठाउन नसकिने नेपाली दूतावासले स्पष्ट पारेको छ ।  बुधवार प्रेश विज्ञाप्ति गारी गर्दै अष्ट्रेलियामा रहेको नेपाली दूतावासले यस्तो बताएको हो । “यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ ।” दूताबासद्वारा जारि गरिएको विज्ञाप्तिमा भनिएको छ । 

अष्ट्रेलियामा रहेका नेपालीहरुले भने दूतावासको पहलमा उक्त जहाजमा समस्यामा परेका नेपालीलाई नेपाल पठाउनुपर्ने माग राख्दै आएका छन । 

कतिपयले यस्तो अवस्थामा उपयुक्त पहल गर्न नसक्नु राजदूतको कमजोरी भएको तर्क राख्छन । यस अवस्थामा पहल गर्न असमर्थ रहे राजदूतले अष्ट्रेलिया छोड्नुपर्ने जिकिर गर्दै पत्रकार शुरेश रेग्मी आफ्नो फेसबुकमा लेख्छन- “महेश दाहाल नेपाली जनताको हुन चाहछन् भने आगामी हप्ता अष्ट्रेलिया आउने नेपाली जहाजमा ईच्छुक नेपाली फर्किउन, होईन भने प्रचणडको कोटामा हामीलाई अरू राजदुत चाहिएन तिमी तुरून्त फिर्ता जाऊ ।”

अष्ट्रेलियामा रहेका नेपाली लैजाने इच्छाशक्ति देखाउने काम नेपाल सरकारको भएको तर्क अर्का पत्रकार सुजित सिग्देलको रहेको छ । 

 

दूतावसले जारी गरेको विज्ञाप्तिको पुर्णपाठ

आदरणीय अष्ट्रेलियामा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनी, एवम् विद्यार्थी भाइबहिनीहरू,

तपाईँ हामीलाई थाहै छ, अष्ट्रेलिया, नेपाललगायत सारा विश्व नै हाल अकल्पनीय महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग जुधिरहेको छ । यसबाट हाम्रो जनजीवन नराम्ररी प्रभावित हुनुका साथै हामीले धेरै विषयमा सम्झौता गर्नुपरेको अवस्था छ । यस सङ्कटको घडीमा अन्य राष्ट्रहरूले जस्तै नेपाल सरकारले पनि आफ्ना नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखी कोभिड-१९ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय यात्रु आगमनमा रोकलगायतका विभिन्न उपायहरू अपनाइरहेको विदितै छ । नेपाल सरकार संसारभर छरिएर रहेका आफ्ना नागरिकहरूको सुरक्षा र बसोबासप्रति पनि अत्यन्तै संवेदनशील रहेको छ ।

आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एअरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी आउन लागेको सन्दर्भमा सोही जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेका छन् । नेपाली नागरिकहरूबाट प्राप्त यस्ता अनुरोधहरूलाई राजदूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गर्नुका साथै त्यस्ता अनुरोधहरूलाई नेपाल सरकारसम्म पुर्‍याउने काम गरिरहेको छ ।

यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ । साथै, यस परिस्थितिका कारण कसैलाई खान, बस्नलगायतका अन्य केही समस्या भएमा तत्काल यस राजदूतावासमा र भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अष्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्नुहुनसमेत हार्दिक अनुरोध गर्दछौँ ।

मितिः २०७७ बैशाख १७
नेपाली राजदूतावास
क्यानबेरा

Leave a Reply