कोरोना महामारी: के छ विश्वभरका नेपालीहरुको अवस्था?

विश्वभर कोरोनाको महामारी छ । चीनको वुहानबाट शुरु भएको कोरोना महामारीबाट हाल विश्वभर धेरै मानिसहरुले ज्यान गुमाईरहेका छन । कोरोना संक्रमणका कारण  आइतवार अपह्रान्नसम्म १ लाख ६० हजारभन्दा बढीले ज्यान गुमाईसकेका छन । अमेरिकामा मात्र मर्नेहरुको संख्या ३९ हजारभन्दा बढी रहेको छ । इटाली, स्पेन, फ्रान्स र संयुक्त अधिराज्यमा मर्नेहरुको संख्या क्रमश: २३ हजार, २० हजार, १९ हजार र १५ हजार नाघेको छ । विश्वब्यापिकरणसँगै हाल नेपालीहरु पनि विश्वभर फैलिएका छन । यस महामारीका बेला विश्वभरका नेपालीहरुको अवस्था कस्तो छ हामीले तलको सामाग्री तयार पारेका छौं;

आइतवार अपह्रान्न सम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीहरुको संख्या २८ रहेको छ । सबैभन्दा बढी नेपाली मर्ने देशमा संयुक्त अधिराज्य रहेको छ । संयुक्त अधिराज्यमा कोरोना संक्रमणका कारण हालसम्म १७ जना नेपालीले ज्यान गुमाएका छन । यसैगरी अमेरिकामा ८, युएइमा २ र आयरल्याण्डमा एकजना नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । 

विश्वभर हालसम्म १ हजार १ सय ६६ जनालाई कोरोना संक्रमण भएको गैर आवासीय नेपाली संघले जनाएको छ । सबैभन्दा बढी कोरोना संक्रमित नेपाली रहेको देश अमेरिका रहेको छ । अमेरिकामा रहेका ७ सय नेपालीलाई कोरोनाको संक्रमण भएको छ । यसैगरि बेलायतमा २ सय, युएइमा ७१ र बहराइनमा ४९ जना कोरोना संक्रमित नेपाली रहेका छन । कोरोना संक्रमित नेपाली हुने अन्य मुलुकमा आयरल्याण्ड, पोर्चुगल, हङकङ्ग, जर्मनी, अष्ट्रेलिया, स्पेन, फ्रान्स, म्यानमार, बेल्जियम, स्विजरल्याण्ड, क्यानडा, कुवेत, जापान, माल्टा, मलेसिया, साउदी अरव, स्पेन लगायतका देश रहेका छन । 

नेपालमा समेत कोरोनाका ३१ बिरामी रहेका छन । 

Advertisements
Advertisements

Leave a Reply