साउथ अष्ट्रेलियामा कोरोनाभाइरस हटलाईनमा कर्मचारी थपियो

साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या खासै धेर नहुदा र बृद्दि दर समेत न्यून रहेको अवस्थामा पनि जनतालाई कोरोना भाइरसका बारेमा ससुचित पार्न कोरोनाभाइरस हटलाईनमा कर्मचारीहरुको संख्या बढाइएको छ । महामारीका बेला जनताको सुचनाको हकलाई बृहत पार्दै सोमबार साउथ अष्ट्रेलियामा कोरोना भाइरस हटलाईनमा कर्मचारीको संख्या बढाएर ८५०  पुर्याइएको साउथ अष्ट्रेलियाका प्रिमियर स्टेभेन मार्शलले जानकारी दिए । कोरोना भाइरस सम्बन्धि कुने जिज्ञासा भएका साउथ अष्ट्रेलियाको कोरोना भाइरस हटलाईनको सम्पर्क नम्बर 1800 253 787 मा सम्पर्क गरि जानकारी लिन सकिन्छ । 

सोमबार अपह्रान्न ३ बजेसम्म साउथ अष्ट्रेलियामा कोरोना भाइरसका ४३१ संक्रमित भेटिएकामा २४० जना पुर्ण स्वसस्थ अवस्थामा फर्किसकेका छन भने ६ जना सघन उपचार कक्षमा रहेका छन । साउथ अष्ट्रेलियामा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ ।

Advertisements
Advertisements

Leave a Reply