एक्सपर्ट एजुकेशनले COVID-19 पीडित विद्यार्थीलाई २ लाख डलर सहयोग गर्ने

कोभिड-१९ ले अष्ट्रेलियामा पठनपाठनका लागी आएका विद्यार्थीहरुको जनजीवन अस्तव्यस्त बनिरहेका बेला नेपाली विद्यार्थी अष्ट्रेलिया ल्याउने प्रमुखमध्येको एक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले COVID-19 पीडित विद्यार्थीहरुको सहयोगार्थ २ लाख अष्ट्रेलियन डलर बराबरको सहयता कोषको स्थापना गरेको बताएको छ । 

आइतवार कोष स्थापना गरेको घोषणा गर्दै एक्सपर्टले कोरोना भाइरसका कारण समस्यामा परेका विद्यार्थीहरुलाई तत्काल परेको आर्थीक समस्यामा मल्हम लगाउन कोषको स्थापना गरिएको बताइएको छ ।’कोभिड-१९ सहायता कोष’ नाम दिइएको उक्त दुइलाख डलरको कोषबाट  १ लाख ५० हजार डलर समस्यामा परेका अन्तराष्ट्रिय विद्यार्थीहरुको सहायतामा खर्चिइने र बाँकी रहेको ५० हजार डलर अन्य विभिन्न सस्थाहरुमार्फत स्थापना गरिएका कोषहरुमार्फत खर्च गरिने एक्सपर्ट एजुकेशनले बताएको छ । 

उक्त कोषबाट सहायता पउनका लागी एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेस मार्फत १ अक्टोबर २०१९ यता अष्ट्रेलिया आएको  र कोरोना भाइरसका कारण रोजगारी गुमाएको अथवा रोजगारी पाउँदै नपाएको हुनुपर्नेछ  । 

विद्यार्थीले सहयताका लागी यो लिङ्कमा गइ आवेदन गर्नुपर्ने छ ।  रेजिस्ट्रेशन १५ अप्रिलको  ९ बजे (AEST) बाट खुल्ने बताइएको छ । 

एक्सपर्ट एजिकेशन एन भिषा सर्भिसेजले समुदायका लागी व्यावसायीको जिम्मेवारीको महशुस गर्दै यस बिषम परिस्थितीमा आफुले व्यावसाय गर्ने समुदायको सहायताको लागी कोषको स्थापना गरिएको बताएको छ । 

Leave a Reply