अष्ट्रेलियामा आठ नेपालीलाई कोरोना भाइरस, एक उपचारपछी स्वास्थ्य

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या करिब चारहजार पुग्नलाग्दा आठ जना नेपाली पनि कोरोनाको संक्रमणमा परेका छन । नेपाली दुतावास क्यानवेराका अनुसार कोरोना संक्रमण हुने आठमध्ये ४ जना न्यू साउथ वेल्स, ३ जना भिक्टोरिया र एकजना तास्मानियामा रहेका छन । तास्मानियामा नेपाली केही हप्ता अगाडीनै उपचार पछी पुर्ण रूपमा स्वास्थ्य भइ काममा फर्किसकेका छन । बाँकी आठजना क्वारेन्टाइन रहेका र सामान्य रहेको दुतावासले बताएको छ ।

अष्ट्रेलियामा हालसम्म तीन हजार नौं सय ३५ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने भाइरसका कारण १६ जनाको मृत्यु भइसकेको छ । सरकारले लागु गरेको कडा सामाजिक दुरी नीतिका कारण पछिल्लो केहीदिनमा संक्रमण बढ्ने क्रमा कमी आएको अधिकारीले बताएका छन ।

Advertisements
Advertisements

Leave a Reply