सिड्नीको ग्याङ्गफाइटमा घाइते भएका नेपालीको निधन

सिड्नीको हर्टस्भिलमा गड्याङ्ग फाइट हुँदा गम्भिर घाइते भइका एक नेपाली को मृत्यु भएको छ  । मृत्यु हुनेमा नेपाली विद्यार्थी अमित कार्की रहेका छन ।

गत शनिबार बिहान ३.१५ बजे फरेस्ट रोडको एक होटलमा रक्सि पिईरहेका दुइ समुहबिच भनाभनबाट खटपट शुरु भई ग्याङ्ग फाइटसम्म पुग्दा एक नेपाली युवा शक्त घाइते भएका थिए । शक्त घाइते भएका २३ बर्षीय थरका युवाको  सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको थियो । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले बताएको थियो । 

उनको नजिकै घाइते अवस्थामा भेटिएका अर्का २४ बर्षीय युवाको समेत सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेका साथी रहेका अन्य तीन जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुलाई कोग्राह प्रहरी स्टेसनमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply