कोरोना भाइरस हावाबाट नफैलने आफ्नो आघिल्लो अभिव्यक्तिबाट पछी हट्दै विश्व स्वास्थ संगठनले ‘केही अवस्थामा’ कोरोनाको भाइरस हावाबाट समेत फैलन सक्ने भन्दै कोरोना संक्रमणको उपचार गर्ने स्वास्थकर्मीहरुले विशेष सावधानी अपनाउनुपर्ने सुझाएको छ । विश्व स्वास्थ संगठनले उचित तापक्रम र आर्द्रता (Humidity) मा कोरोना भाइरस हावामा समेत बाँच्ने नंया अध्ययनले देखाएको बताएको छ ।
विश्व स्वास्थ संगठनकि बढ्दै गरेको रोकहरुबारे अध्यायन गर्ने निकायकि प्रमुख डा. मरिया भान केरखोबले सोमबार भर्चुअल कन्फ्रेन्सको क्रममा यस्तो बताइन । “यो भाइरस केही अवस्थाहरुमा हावामा समेत लामो समय बाँच्ने मानव स्वास्थको क्षेत्रमा काम गर्न स्वास्थकर्मीहरुले थप सावधानी अपनाउन जरुरी छ ।” उनले थपिन ।
N95 मास्कबाट हावा तथा तरलमा हुनेमध्येको पन्चानब्बे प्रतिशत बास्तुहरु भित्र छिर्न नसक्ने हुनेले विश्व स्वास्थ संगठनले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थकर्मीहरुलाई N95 मास्क लगाउन सुझाएको छ ।