साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या एक सय

साउथ अष्ट्रेलियाको स्वास्थ हेर्ने निकाय एसए हेल्थले साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या एक सय पुगेको पुष्टि गरेको छ । गत २४ घण्टामा ३३ जना नया संक्रमितको संख्या थपिएपछी कोरोना संक्रमितको कुल संख्या सय पुगेको हो । साउथ अष्ट्रेलियाको दुर्गम मानिने व्ह्वाइला र वेकरीमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

प्रिमियर स्टेभेन मार्सलले आइतवार सीमा बन्द गर्ने घोषणा गर्दै मंगलबार अपह्रान्न ४ बजेपछी साउथ अष्ट्रेलिया प्रवेश गर्ने सबैले १४ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम लागु गरेका छन । नियम लागु गरेको घोषणा गर्दै प्रिमियर मार्सलले आफुले अरु कुनै विकल्प नभएपछी यस्तो कठिन निर्णय गर्नुपरेको बताए । 

मंगलवारदेखी साउथ अष्ट्रेलिया प्रवेश गर्नेहरुले ‘सेल्फ आइसोलेसन’ मा बस्ने डिक्लेरेसनमा हस्ताक्षर गर्दै प्रहरीलाई आफु बस्ने ठेगाना उपलब्ध गराउनुपर्ने छ । तास्मानिया र नर्दन टेरिटरीले यसघधिनै यस्तैखाले निर्णय गरिसकेका छन । 

Advertisements
Advertisements

Leave a Reply