सिड्नीमा नेपालीहरुबीच ग्याङ्ग फाइट: एक गम्भीर घाइते, तीन पक्राउ

सिड्नीको हर्टस्भिलमा गड्याङ्ग फाइट हुँदा एक नेपाली गम्भीर घाइते भएका छन । शनिबार बिहान ३.१५ बजे फरेस्ट रोडको एक होटलमा रक्सि पिईरहेका दुइ समुहबिच भनाभनबाट खटपट शुरु भई ग्याङ्ग फाइटसम्म पुग्दा एक नेपाली युवा शक्त घाइते भएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ । शक्त घाइते भएका २३ बर्षीय थरका युवाको  सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भिर तथा अस्थिर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ ।

उनको नजिकै घाइते अवस्थामा भेटिएका अर्का २४ बर्षीय युवाको समेत सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेका साथी रहेका अन्य तीन जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुलाई कोग्राह प्रहरी स्टेसनमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply