अष्ट्रेलियामा बढ्दै कोरोनाका बिरामी: ९२९ संक्रमित, ७ को मृत्यु

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण पछिल्लो समय अष्ट्रेलियामा पनि बढ्दै गइरहेको छ । अष्ट्रेलियाको स्वास्थ्य विभागले शनिवार बिहान उपलब्ध गराएको तथ्याकं अनुसार अष्ट्रेलियामा संक्रमितको कुल संख्या ९२८ पुगेको छ । अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या गरेक ३ दिनमा दोब्बर भइरहेको छ । १९ मार्चमा सिड्नीमा ८१ बर्षीया बृद्दाको मृत्युपछी अष्ट्रेलियामा कोरोना संक्रमणका कारण मर्नेहरुको संख्या ७ पुगेको छ । 

स्वास्थ्य विभागको जानकारी अनुसार न्यु साउथ वेल्समा ३८२, भिक्टोरियामा २२९, क्विन्सल्याण्डमा १८४, साउथ अष्ट्रेलियामा ५०, वेस्टर्न अष्ट्रेलियामा ६४, तास्मानियामा ११, अष्ट्रेलियन क्यापिटल टेरिटरीमा ६ जना र नर्दन टेरिटरीमा ३ जना कोरोना संक्रमित भेटिएका छन । 

अष्ट्रेलियामा कोरोना संक्रमणका कारण डाइमण्ड क्रुसबाट उद्दार गरिएका १६३ जनामध्येका ७८ बर्षीय एक बृद्द रहेका थिए, उनको मृत्यु १ मार्चमा भएको थियो । यसैगरी ३ मार्चमा सिड्नी नर्थमा रहेको एक नर्सिङ होमका ९५ बर्षीय बृद्दको उक्त भाइरसका कारण मृत्यु भयो । सोही नर्सिङ होमका अन्य दुई बृद्दको ८ र १४ मार्चमा मृत्यु भयो । १३ मार्चमा क्विन्सल्याण्डबाट सिड्नी आएकि ७७ बर्षीय महिला र १७ मार्चमा ८६ बर्षका अर्का बृद्दको मृत्यु भएपछी अष्ट्रेलियामा कोरोना भाइरस (COVID-19) का कारण मर्नेहरुको संख्या ६ पुग्यो । १९ मार्चमा सिड्नीमा ८१ बर्षीया बृद्दाको पनि मृत्यु भएपछी अष्ट्रेलियामा कोरोना संक्रमणका कारण मर्नेहरुको संख्या ७ पुगेको छ ।

अष्ट्रेलियामा कोरोनाको संक्रमण बढ्न नदिन शुक्रबार रातीदेखी लागु हुनेगरि  गैर अष्ट्रेलियालीलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाईएको छ । 

Advertisements
Advertisements

Leave a Reply