इटालीमा एकैदिनमा ६ सय सत्ताइसको मृत्यु, युवायुवतीमा पनि संक्रमण बढ्दो

विश्वभर चिन्ताको बिषय बन्दै गरेको कोरोना भइरस (COVIS-19)  का कारण इटालीमा संकट बढ्दै गएको छ । बिहिबारमात्र ४ सय ७५ जनाको मृत्यु भएकोमा शुक्रबार यि संख्या बढेर एकैदिनमा ६ सय २७ जनाको मृत्यु भएको छ । 

शुक्रबार राती ६ सय २७ को मृत्यु भएसँगै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ४ हजार ३२ पुगेको छ । इटाली कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्यामा विश्वमै पहिलो मुलुक बनेको छ । इटालीमा हालसम्म ४७ हजारभन्दा बढी कोरोना संक्रमित भइसकेका छन, जसमा करिब ६ हजार जना शुक्रबारमात्र थपिएका हुन ।

इटलीको लोम्बार्डी एरियाको आकश्मिक सेवा प्रमुख डा. एन्टोनियो पेसेन्टिले जसरी कोरोना युवाहरुलाई नभइ बुढाबूढीलाई मात्र लाग्ने भन्ने कुरा सत्य नभएको बताएकि छ । इटालीका अस्पतालमा रहेका ५० प्रतिसत बिरामी ६५ बर्ष माथीका रहेको र बाकी ५० प्रतिसत ६५ बर्ष मुनिको रहेको बताउदै उनले इटालीमा २० देखी ३० उमेर समुहका समेत प्रसस्त बिरामी रहेको र उनीहरुपनि ६५ बर्ष माथीका हरुजस्तै सिकिस्त रहेको जानकारी दिएको स्काई न्युजले लेखेको छ । 

Advertisements
Advertisements

Leave a Reply