लुइस नर्सिङ होमका एज्ड केयरका वर्करमा देखियो कोरोना संक्रमण

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नर्सिङ होमका कर्मचारीहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । पार्क साइडमा रहेको लुइस नर्सिङ होमका एकजना एज्ड केयरका वर्करमा बिहिवार साँझ कोरोना भाइरसको संक्रमण देखिएपछी हिजो राती देखी उक्त नर्सिङ होम ‘लक डाउन’ गरिएको साउथ अष्ट्रेलियाका प्रमुख स्वास्थ अधिकारी डा. निकोला स्पुरियरले बताएकी छन । 

नर्सिङ होमka एज्ड केयर वर्कर बास्केटबल खेल्ने क्रममा संक्रमित भएको विश्वास गरिएको छ । उनले गत सोमबार उक्त नर्सिङ होममा केही रेजिडेन्टहरुसँग काम गरेको नर्सिङ होमका निर्देशक सु टोनरले परिवारलाई पठाएको पत्रमा लेखेकि छन । उनले हालसम्म अरु कुनै रेजिडेन्टमा संक्रमणको लक्षण नदेखिएको उनले बताइन । 

साउथ अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ । 

Advertisements
Advertisements

Leave a Reply