एनआरएनएले नेपाली अन्तराष्ट्रिय विद्यार्थीलाई खाद्यान्न उपलब्ध गराउने

गैर आवासीय नेपाली संघ अष्ट्रलेियाले नेपालबाट ध्यायनका लागी अष्ट्रेलिया आइ आइसोलेसनमा बस्नुपरेका विद्यार्थीलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । शुक्रबार प्रेश विज्ञाप्ति जारी गर्दै संघले यस्तो बताएको हो । 

अष्ट्रेलियन सरकारले COVID-19 नियन्त्रण गर्न लागु गरेको “भ्रमण बन्द” र ‘सेल्फ आइसोलेसन’ को निर्णयले जनजीवनमा प्रभाव पारेको भन्दै यसबाट अन्तराष्ट्रिय नेपाली विद्यार्थी र अष्ट्रेलिया भ्रमणमा आउने अभिभावकलाई पर्नगएको असुविधाप्रति संघको ध्यानाकर्षण भएको भन्दै संघले अष्ट्रेलियाको हरेक राज्यमा कोरोना नियन्त्रणाका लागी सरकारले गरेको निर्णयबाट प्रभावितको सहयोगार्थ ‘टास्कफोर्स’ गठन गरेको विज्ञाप्तिमा भनिएको छ । 

संघले २३ अप्रिलबाट तीस दिनसम्मका लागी यसरी खाद्यान्न उपलब्ध गराउने बताएको छ । संघको तर्फबाट उपलब्ध गराइने खाद्यान्न प्राप्त गर्न नेपालबाट भर्खर आएको, रोजगारी नभएको, ‘सेल्फ आइसोलेसन’ मा बसेको र नेपाली दुतावास वा सम्बन्धित राज्यमा रहेको नेपाली वाणिज्य दुतावासको कार्यालयलाई आफ्नो अवस्थाबारे जानकारी गराएको हुनुपर्नेछ ।

संघले सम्बन्धित राज्यमा रहेको टास्कफोर्सको निर्णयअनुसार आइसोलेसनमा बस्नुपरेका र आर्थिक समस्यामा रहेका नेपालीहरुलाई समेत बढीमा १५ दिनसम्म खाद्यान्न उपलब्ध गराउने बताएको छ । साथै संघले अष्ट्रेलियाको समुदायलाई सहयोग गर्न स्वयंसेवकसमेत खटाउने बताएको छ । 

सहायताको आवश्यकता परेका तथा माथीका शर्तहरु पुरा भएका विद्यार्थीहरुले सहयोगका लागी संघको केन्द्रिय हेल्पलाईन (१८०० ९५४ ५४०) मा सम्पर्क गर्न सकिने छ । 

Advertisements
Advertisements

Leave a Reply