कोरोना संक्रमितको संख्या बढेसँगै अष्ट्रेलियाले गर्यो गैर-अष्ट्रेलियालीलाई प्रवेश निषेध

मिलन दाहाल
चीनबाट शुरु भएको कोरोना (COVOD-19) को संक्रमण विश्वभरिनै बढेको छ । अष्ट्रेलियामा समेत संक्रमितको संख्या बढ्दै जाँदा आफ्ना नागरिकको सुरक्षा गर्न सरकारले आक्रामक कदमहरु शुरु गरेको छ । केही दिन अधिमात्र अष्ट्रेलिया आएपछी १४ दिनसम्म छुट्टै बस्नुपर्ने नियम लागु गरेको अष्ट्रेलियाले शुक्रवार साँझ ९ बजेबाट लागु हुने गरि गैर अष्ट्रेलियालीहरुलाई अष्ट्रेलियामा प्रवेश नदिने निर्णय गरेको छ । 

यसअधि चीन, इटाली, इरान लगायतका देशहरुबाटमात्र अष्ट्रेलिया आउन नपाउने नियम रहेकोमा कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्न थालेपछी आफ्ना नागरिकबाहेको सबैलाई अष्ट्रेलियाले प्रवेश निषेघ गरेको हो । 

न्यूजिल्याण्डले समेत बिहिबार साँझबाट लागु हुनेगरि यस्तै किसिमको व्यवस्था लागु गरिसकेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डबिचको सम्झौता अनुसार यी दुइदेशका नागरिकलाई भने एक अर्का देशमा जान यो व्यवस्थाले रोक्ने छैन । 

अष्ट्रेलियाको यो निर्णयले विदामा अष्ट्रेलियाबाहिर गएका विद्यार्थीहरुपनि प्रभावित हुनेछन । 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा COVID-90 का ८० प्रतिशतभन्दा बढी संक्रमितहरुले कि त विदेशबाट नत्र विदेशबाट आएकाहरुको सम्पर्कबाट यो संक्रमण प्राप्त गरेकाले संक्रमणलाई अरु बढ्न नदिन यो निर्णय अपरिहार्य भएको बिहिबार अपह्रान्न कोरोना भाइरसबारेको पछिल्लो अवस्था जानकारी गराउने क्रममा भने । 

हालसम्म अष्ट्रेलियामा ६३६ जनालाई कोरोना भइरसको संक्रमण भइसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । 

के हो कोरोना भइरस?

कोरोना भाइरस भनेको भाइरसहरुको ठूलो समुह हो जसको संक्रमण मानिस तथा जनावरमा  फैलिन सक्छ । मानिसमा पनि धेरै प्रकारका कोरोनाभाइरस देखा परेका छन जसले मानिसको श्वासप्रश्वास प्रणालीमा संक्रमण भई मानिसको ज्यान जाने गर्छ । कोरोना भाइरसका कारण सामान्य रुघाखोकी देखी मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रम (MERS) का साथै सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम (SARS) सम्म हुने गर्दछ । 

कोरोना भाइरसका लक्षणहरु

  • थकान
  • १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
  • जिउ दुख्नु
  • घाँटी दुख्नु
  • सास फेर्न गाह्रो हुनु
  • पखाला लाग्नु आदि हुन । 

कोरोना भाइरस कसरी फैलन्छ?

कोरोना भाइरस कसरी सर्छ भन्ने ठोस कारण पत्ता नलागिसकेको भएपनि यो भाइरस रोग लागेको व्याक्तिसँगको सम्पर्कबाट सर्ने विश्वास गरिन्छ । खास गरि यो रोग लागेको व्याक्तिले खोक्दा वा हाछिउ गर्दा मुखबाट निक्लने र्यालका थोप्लाहरु स्वास्थ व्याक्तिको मुख, नाक, आँखा लगायतका अंगहरुबाट भित्र प्रवेश गर्ने गर्दछ । 

के कोरोना भाइरस हावाबाट सर्छ?

हालसम्मको अध्यायनले माथि बताइएको कारणले मात्र यो रोग सर्ने देखाउछ । अर्थात हावाबाट सरेको प्रमाणित छैन । 

रोगको लक्षण नभएका व्याक्तिबाट यो रोग अन्यमा सर्छ कि सर्दैन?

यो रोग लागेको व्याक्तिले खोक्दा वा हाछिउ गर्दा मुखबाट निक्लने र्यालका थोप्लाहरु स्वास्थ व्याक्तिको मुख, नाक, आँखा लगायतका अंगहरुबाट भित्र प्रवेश गर्दा मात्र यो रोग सर्ने हुनाले रोगको लक्षण नदेखिएका ब्याक्तिबाट यो रोग सर्ने सम्भावना एकदमै कम हुन्छ । 

कोरोना भाइरस संक्रमणको ठोस उपचार हालसम्म पत्ता लागिसकेको छैन । सामान्यतया यसमा लक्षणका आधारमा स्वास्थकर्मीले उपचार गर्ने गर्छन । हामीले सामान्य स्वास्थ र सरसफाइमा ध्यान दिन सके यो रोगबाट सहजै बच्न सकिने स्वास्थकर्मीहरुको सुझाव छ । रोगको लक्षण देखिएका मानिसको सम्पर्कमा नजाने, हात बारम्बार धोइरहने वा अल्कोहल रबको प्रयोग गर्ने, शंका लागे व्याक्तिलाई छोएको नधोएसम्म हात नाक, मुख वा आँखामा नलैजाने गर्नाले यो रोगबाट बच्न सकिन्छ । आफु वा अरु कसैलाई लाई यो रोग लागेको लक्षण देखिए अष्ट्रेलियामा हेल्थ डिरेक्ट 1800 022 222 वा पब्लिक हेल्थ हटलाईनको फोन नम्बर 1800 004 599 मा सम्पर्क गरि उनीहरुको सुझाव आत्मसात गर्नुपर्ने हुन्छ । साथै नजिकैको अस्पतालमा फोन गरि जानकारी गराइ अस्पताल गइ जाँच गराउन पनि सकिन्छ । 

Advertisements
Advertisements

Leave a Reply