अष्ट्रेलियामा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु, मर्नेहरुकोको संख्या ४ पुग्यो

गत हप्ता न्यू साउथ वेल्समा मृत्यु भएकि ७७ बर्षीय क्विन्सल्यान्डकि बृद्दा कोरोना भाइरसका कारण मृत्यु भएको प्रमाणित भएपछी अष्ट्रेलियामा कोरोना भाइरस (COVID-19) का कारण मर्नेहरुको संख्या ४ पुगेको छ । 

सनसाइन कोस्ट कि ७७ बर्षिया ती बृद्दा शुक्रका सिड्नी जाने क्रममा हवाइजहाजमा सिकिस्त बिरामी भएपछी जहाज अवतरण हुनासाथ अस्पताल लगिएको थियो । अस्पताल लानेबित्तिकै उनको मृत्यु भएको थियो । 

स्वास्थ अधिकारीहरुले उनमा सन्सफ्रान्सिस्कोबाट फर्किएकि उनकी छोरीबाट कोरोना संक्रमण सरेको विश्वास गरेका छन । 

Leave a Reply