के हो ‘सेल्फ आइसोलेसन’? कसरी गर्ने?

मिलन दाहाल
 कोरोना संक्रमणको प्रभाव विश्वभर बढ्दै जाँदा संक्रमणलाई बढ्न नदिन कोरोनाको संक्रमण भइसकेका वा हुनसक्नेलाई ‘सेल्फ आइसोलेसन’ मा बस्न भनिन्छ । आइतवारमात्र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले  अष्ट्रेलियामा आउने जो कोहीले आफुलाई १४ दिन सम्म ‘सेल्फ आइसोलेसन’ मा राख्नुपर्ने नियम लागु गरेका छन । अष्ट्रेलियामा राज्यको ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्ने नियम नमान्दा राज्यका आ-आफ्न नियमअनुसार अष्ट्रेलियन डलर ५० हजार सम्म सजायको व्यवस्था रहेको छ । प्रधानमन्त्रीको घोषणाअनुसार ‘सेल्फ आइसोलेसन’ मा नबसे न्यू साउथ वेल्समा अष्ट्रेलियन डलर ११ हजार जरिवाना र ६ महिनासम्म जेल सजाय, क्विन्सल्याण्डमा १३ हजार ३४५ सम्म जरिवाना, साउथ अष्ट्रेलियामा २५ हजार सम्म जरिवाना, वेस्टर्न अष्ट्रेलियामा ५० हजारसम्म जरिवाना र १ बर्ष जेल सजाय, तास्मानियाना ८ हजार चार सय जरिवाना तथा भिक्टोरियामा ६ हजार ६ सयसम्म जरिवाना हुनसक्ने ब्यवस्था छ । 

धेरैलाई ‘सेल्फ आइसोलेसन’ भनेको के हो र ‘सेल्फ आइसोलेसन’ मा कसरी बस्ने भन्ने अन्योलता  हुनसक्छ । ‘सेल्फ आइसोलेसन’ भनेको संक्रमण भएको वा संक्रमणको आशंका गरिएको व्याक्तिबाट अर्को व्याक्तिमा संक्रमण सर्न नदिन उक्त व्यक्तिलाई अरु निरोगी व्याक्तिसँगको सम्पर्कबाट टाढा राखिने विधी हो । कुनै पनि ब्याक्तिमा कोरोना भाइरस (COVID-19) को लक्षण देखिन जीवाणु प्रवेश गरेको १४ दिनसम्म लाग्नसक्छ तर यो अवधिमासमेत उक्त व्याक्तिले आफुसँग भएको जीवाणु अन्य निरोगी व्याक्तिलाई दिनसक्ने संभावना रहेको हुनाले कोरोनाको संक्रमण भएको वा आशंका गरिएका ब्याक्तिले ‘सेल्फ आइसोलेसन’ मा बस्नु अत्यन्त जरुरी रहेको छ । 

सेल्फ आइसोलेसनमा कसरी बस्ने त भनेर हामीले सबैलाई सहयोग हुने केही सामाग्री तयार पारेका छौं; 

१. घरमै बस्नुहोस

सेल्फ आइसोलेसनको अवधिभर घरैमा बस्नुहोस । डाक्टर अथवा अरु कुनै स्वास्थ सेवा लिनका लागी भन्दा बाहेकका समयमा यहाँले घरमै बस्नुपर्ने हुन्छ । घरमा पाहुनाहरुलाई आउन नदिनुहोस । आफन्त र साथीभाइहरुसँग फोन वा इन्टरनेटका माध्यमबाट सम्पर्कमा रहनुहोस । अनलाईनबाट सामानहरु किनमेल गर्दा डेलिभरी इन्ट्रक्टनमा सामानहरु व्याक्तिलाई हस्तान्तरण गर्ने नभइ बाहिर राक्न निर्देशन दिनुहोस् । यदि आफ्ना साथी वा आफन्तलाई ग्रोसरी ल्याउन लगाउदै हुनुहुन्छ भने पनि त्यहि गर्नुहोस् ।

२. आफुलाई अरुबाट अलग्ग राख्नुहोस 

आफ्नै कोठामा बस्नुहोस, ढोका बन्द गर्नुहोस । सकेसम्म झ्याल भएको र झ्याल खोल्न मिल्ने कोमा बस्नुहोस । खाना खाने भाँडाकुडा, लगाउने, सुत्ने कपडाहरु अरुसँग सेयर नगर्नुहोस । कपडाहरु घरमा धुँदा ६० डिग्रीभन्दा माथीको तापक्रममा धुनुहोस । कपडा धुन लन्ड्री पठाउनुहुन्छ भने COVID-19 को रिजल्ट नेगेटिभ आएपछी अथवा सेल्फ आइसोलेसनको अवधी सकिएपछीमात्र पठाउनुहोस । 

३. खाना तथा शौचालयको प्रयोग

खाना पकाइदिने मान्छे छन भने ढोका छोड्न लगाउनुहोस । आफैले पकाउनुहुन्छ भने घरमा कोही नभएको बेलामा पकाउनुहोस् । घरमा दुइटा शौचालय छन भने छुट्टाछुट्टै शौचालयको प्रयोग गर्नुहोस । यदि एउटामात्र शौचालय छ भने हरेकपल्ट प्रयोग गरिसकेपछी राम्रोसँग सफा गर्नुहोस । 

४. घरपालुवा जनावरबाट सकेसम्म पर रहनुहोस

५. सिगान तथा कफ सफा गर्न टिस्युको प्रयोग गर्नुहोस र आफुले प्योग गरेको टिस्यु स्यान्डविच ब्याक अथवा प्लास्टिक ब्याकमा राम्रोसँग बाधेरमात्र बिनमा हाल्नुहोस । मानिसहरु भएको ठाँउमा सकेसम्म नजाने र जानैपरे अथवा डाक्टरकोमा जानुपर्दा पुर्वसुचना गरेर मास्क लगाएर जाने गर्नुहोस । 

६. कोरोना भाइरस संक्रमित (र संक्रमण नभएकाहरुले पनि) हातलाई साबुनपानीले २० सेकेन्डसम्म राम्री धुनुहोस र पुसेर सुख्खा बनाउने गर्नुहोस । हातले नाक, मुख आँखालाई छुने नगर्नुहोस । 

७. फोहर ब्यवस्थापन 

आफुले छोएका सम्पुर्ण फोहरहरु एवं सिगान तथा कफ सफा गर्न टिस्युको प्रयोग गर्नुहोस र आफुले प्योग गरेको टिस्यु स्यान्डविच ब्याक अथवा प्लास्टिक ब्याकमा राम्रोसँग बाधेरमात्र बिनमा हाल्नुहोस । कोरोना भाइरस परिक्षणको नतिजा नआउञ्जेल आफ्ना फोहर काउन्सिलको बिनमा नहाल्नुहोस । परिक्षणको नतिजामा संक्रमण भएको देखिएका फोहर ब्यवस्थापन कसरी गर्ने यहालाई स्वास्थकर्मीले जानकारी गराउने छन । 

८. लक्षण बिग्रिएमा वा रोगले चापेमा (ज्वरो बढेमा वा श्वास फेर्न गाह्रो भएमा) यथासक्य स्वास्थ सहयोग लिइहाल्नुहोस । 

के हो कोरोना भइरस?

कोरोना भाइरस भनेको भाइरसहरुको ठूलो समुह हो जसको संक्रमण मानिस तथा जनावरमा  फैलिन सक्छ । मानिसमा पनि धेरै प्रकारका कोरोनाभाइरस देखा परेका छन जसले मानिसको श्वासप्रश्वास प्रणालीमा संक्रमण भई मानिसको ज्यान जाने गर्छ । कोरोना भाइरसका कारण सामान्य रुघाखोकी देखी मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रम (MERS) का साथै सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम (SARS) सम्म हुने गर्दछ । 

कोरोना भाइरसका लक्षणहरु

  • थकान
  • १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
  • जिउ दुख्नु
  • घाँटी दुख्नु
  • सास फेर्न गाह्रो हुनु
  • पखाला लाग्नु आदि हुन । 

कोरोना भाइरस कसरी फैलन्छ?

कोरोना भाइरस कसरी सर्छ भन्ने ठोस कारण पत्ता नलागिसकेको भएपनि यो भाइरस रोग लागेको व्याक्तिसँगको सम्पर्कबाट सर्ने विश्वास गरिन्छ । खास गरि यो रोग लागेको व्याक्तिले खोक्दा वा हाछिउ गर्दा मुखबाट निक्लने र्यालका थोप्लाहरु स्वास्थ व्याक्तिको मुख, नाक, आँखा लगायतका अंगहरुबाट भित्र प्रवेश गर्ने गर्दछ । 

के कोरोना भाइरस हावाबाट सर्छ?

हालसम्मको अध्यायनले माथि बताइएको कारणले मात्र यो रोग सर्ने देखाउछ । अर्थात हावाबाट सरेको प्रमाणित छैन । 

रोगको लक्षण नभएका व्याक्तिबाट यो रोग अन्यमा सर्छ कि सर्दैन?

यो रोग लागेको व्याक्तिले खोक्दा वा हाछिउ गर्दा मुखबाट निक्लने र्यालका थोप्लाहरु स्वास्थ व्याक्तिको मुख, नाक, आँखा लगायतका अंगहरुबाट भित्र प्रवेश गर्दा मात्र यो रोग सर्ने हुनाले रोगको लक्षण नदेखिएका ब्याक्तिबाट यो रोग सर्ने सम्भावना एकदमै कम हुन्छ । 

कोरोना भाइरस संक्रमणको ठोस उपचार हालसम्म पत्ता लागिसकेको छैन । सामान्यतया यसमा लक्षणका आधारमा स्वास्थकर्मीले उपचार गर्ने गर्छन । हामीले सामान्य स्वास्थ र सरसफाइमा ध्यान दिन सके यो रोगबाट सहजै बच्न सकिने स्वास्थकर्मीहरुको सुझाव छ । रोगको लक्षण देखिएका मानिसको सम्पर्कमा नजाने, हात बारम्बार धोइरहने वा अल्कोहल रबको प्रयोग गर्ने, शंका लागे व्याक्तिलाई छोएको नधोएसम्म हात नाक, मुख वा आँखामा नलैजाने गर्नाले यो रोगबाट बच्न सकिन्छ । आफु वा अरु कसैलाई लाई यो रोग लागेको लक्षण देखिए अष्ट्रेलियामा हेल्थ डिरेक्ट 1800 022 222 वा पब्लिक हेल्थ हटलाईनको फोन नम्बर 1800 004 599 मा सम्पर्क गरि उनीहरुको सुझाव आत्मसात गर्नुपर्ने हुन्छ । साथै नजिकैको अस्पतालमा फोन गरि जानकारी गराइ अस्पताल गइ जाँच गराउन पनि सकिन्छ । 

Advertisements
Advertisements

Leave a Reply