अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना, डाक्टरको सुझाव लत्याएर काममा जादा संक्रमण फैलिएको आशंका

होबार्टमा अध्यायन गरिरहेका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । भर्खरै नेपाल गइ फर्किएका उनमा रुघाखोकी देखिएपछि उनलाई डाक्टरले अलग्गै बस्न सुझाएका थिए । डाक्टरको सुझावको अवज्ञा गर्दै उनी होबार्टको ग्राण्ड चान्सलर होटलमा काम गर्न गएको खुलेको छ ।

परिवार भेट्न नेपाल गएका उनी सिगापुर ट्रान्जिट बनाई सिड्नी हुदै शुक्रबार, २६ फेब्रुअरीमा होबार्ट आईपुगेका थिए । होबार्ट पुगेको भोलीपल्टदेखी नै उनलाई रुखाखोकी लागेको भएपनि उनी निर्वाध कलेज गइरहे । त्यसपछी उनले होबार्टमा रहेको ग्राण्ड चान्सलर होटलमा समेत केही सिफ्ट कामहरु गरे । रुघाखोकी बढ्दै घइपछी उनले मार्च ६ मा कोरोना संक्रमणको आशंकामा अस्पतालमा सम्पर्क गरि परिक्षण गराइएको थियो । ६ मार्चमा अस्पतालका डाक्टरले उनको रगतको नमुना परिक्षणका लागी लिएर आफुलाई अाफैले अलग्ग राख्न भनेको थियो । अस्पतालको सुझावलाई लत्याउदै त्यसको भोलीपल्ट उनी काममा गएका थिए ।

७ मार्चमा उनको परिक्षणको नतिजामा उनलाइ संक्रमण भएको देखीएपछी उनलाई रोयल होबर्ट अस्पतालमा भर्ना गरिएको छ । अस्पताललाई उदृत गर्दै एबीसी न्युजले उनको अवस्था सनतोषजनक रहेको बताएको छ ।

उनलाई काममा नजान भनेर दिइएको सुझावको अवज्ञाप्रति आक्रोस जनाउदै अस्पताले यसलाई “अश्विकार्य” र ‘अरुको स्वास्थमाथिको गंभिर खेलवाड’ भनेको छ ।

ती विद्यार्थी सँगै बस्ने ४ जना र उनका तीनजना साथीलाई हाल क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई थप १४ दिन क्वारेन्टिनमा राखिने बताइएको छ ।

होबार्टको आइडियल कलेजमा अध्यायबरत उनी संक्रमण भएपछी २ पटक कलेज गएका थिए ।

उनलाई नेपालबाट नै संक्रमण भएको वा सिङ्गापुरमा भएको वा जहाजमा आउनेक्रममा संक्रमण भएको हो खोज्नुपर्ने सामाजिक अभियन्ता एवं पत्रकार भरत राज पौडेलको धारणा छ । यो घटनापछी अष्ट्रेलियाले जहाज आवतजावतमा ठुलो निर्णय गर्न सक्ने उनको घारणा रहेको छ ।

Advertisements

Leave a Reply