तेस्रो बर्ष होलीको आयोजना गर्दै एडिलेड नेपाल

दिपक बज्राचार्य, तृष्णा गुरुङ र अफ्रिकन रुम्बा लाईभका साथ

एडिलेडको नेपाली समुदाय लक्षित विविध सामुदायिक कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको एडिलेड नेपालले यस बर्षपनि होली पर्वका अवशरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “होली फेस्टिभल एडिलेड” नाम दिइएको उक्त कार्यक्रम एडिलेडमा संस्थाले आयोजना गरेको होली कार्यक्रमको तेस्रो संस्करण हो । 

नेपालबाट आउने गायक दिपक बज्राचार्य (रिदम ब्याण्ड) र गायीका तृष्णा गुरुङको साथमा यस बर्ष अफ्रिकन रुम्बा लाईफ र साल्सा नृत्यपनि समाबेस गरेको संस्थाले गत शनिवार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा जानगारी गराएको छ । यसका अतिरिक्त कार्यक्रममा एडिलेडका स्थानिय कलालारहरुको पनि प्रस्तुति रहने संस्थाले बताएको छ । 

एजुकेशन प्लानेटले मुख्य प्रयोजन गरेको यस कार्यक्रम सोमबार, ९ मार्चमा अपह्रान्न १२ बजेदेखी साझको ८ बजेसम्म आयोजना हुने आयोजकले संस्थाले जानकारि दिएको छ । कार्यक्रम मिचेल पार्क रिजर्भमा हुने बताइएको छ । 

सस्थाले गत बर्ष सोही स्थानमा आयोजना गरेको होली पर्व मेरियन सिटि काउन्सिलको सन २०१९ मा उक्त काउन्सिलमा भएका पाँच उत्कृष्ट कार्यक्रमहरुमा परेको समेत सस्थाले जनाएको छ ।  

व्यावसायिक तथा खानाका विविध स्टल रहने उक्त कार्यक्रममा प्रवेस निशुल्क रहने  छ । कार्यक्रममा उपस्थित हुन एडिलेडका सम्पुर्ण नेपाली समुदायमा संस्थाका अध्यक्ष पुश्कर कोइरालाले आग्रह गरेका छन । 

Advertisements

Leave a Reply