कंगारु आइल्याण्डको पर्यटन प्रवर्दन गर्न सयभन्दा बढी नेपालीले गरे सामुहिक भ्रमण (भिडियो)

जुन २०१९ बाट अष्ट्रेलियामा लागेको डढेलोका कारण ठुलो जनधनको क्षति भयो । डढेलोमा ३३ जनाले ज्यान गुमाए भने करिब १० हजार भवनहरु जलेर ध्वस्त भए । तीन हजार पाँच सयभन्दा बढी घरहरु जले । नेपालको क्षेत्रफलभन्दा बढी भूभाग अर्थात एक लाख ८६ हजार बर्गकिलोमिटर भन्दा बढी क्षेत्रमा फैलिएको डढेलोले १ बिलियन जंगली जनावरहरु मरेको अनुमान गरिन्छ । 

उता साउथ अष्ट्रेलियाको मुख्य पर्यटन स्थल कंगारु आइल्याण्डको ४८% भूभाग जलेर नष्ट भएको छ । कंगारु आइल्याण्डमा लागेको डढेलोका कारण २ जनाले ज्यान गुमाएका थिए  साउथ अष्ट्रेलियाको मूख्य पर्यटन केन्द्रहरुमध्येको एक अष्ट्रेलियाकै तेस्रो ठूलो आइल्याण्डको प्रर्यटन उद्योग ध्वस्त भएको छ । त्यहाको पर्यटनमा सहयोग पुर्याउन स्थानियले आग्रह गरिरहेका छन भने सरकारलर नै अभियान चलाएको छ ।

गत आइतवार (१६ फेब्रुवरी २०२०) मा गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको अग्रसरतामा १०१ नेपालीले “आफु रहेको समुदायलाई सहयोग गर्ने’ उदेश्यले सामुहिक भ्रमण गरे । उक्त भ्रमणको संक्षिप्त भिडियो । 

Advertisements
Advertisements

Leave a Reply