बाघचाल र चेस खेल्न मन पर्छ ? रजिष्ट्रेशन गरिहाल्नुहोस्

यदि तपाई साउथ अष्ट्रेलियामा बसोबास गर्नुहुन्छ, लामो समयदेखी खेल्ने साथीको आभावमा चेस तथा बाघचाल खेल्न पाउनुभएको छैन भने तपाईका लागी खुसीको खबर छ । चेस खेल्ने साथी पाउनुका साथै यदि तपाई राम्रो खेल्न सक्नुहुन्छ भने पुरस्कार समेत जित्न सक्नु हुनेछ ।हो,  साउथ अष्ट्रेलियाका केही युवाहरुले बाघचाल तथा चेस खेलको आयोजना गर्ने भएका छन । 

कार्यक्रम १४ मार्च २०२०, शनिवारका दिन 576 Cross Road, South Plympton मा रहेको Vermont Uniting Community Centre मा बिहान ९ बजेदेखी हुने आयोजकमध्येका आनन्द बखरेलले नेपाल अष्ट्रेलिया समाचारलाई बताए ।  

नेपाली समुदायको मनोरञ्जन एवं बौदिक विकाशका लागी यस कार्यक्रमको आयोजना गरिएको अर्का आयोजक सुपक अधिकारी बताउछन । उनले अष्ट्रेलियामा बाघचाल प्रतियोगीता गराउने आफुहरु नै पहिलो आयोजक भएको दाबीसमेत गरे । 

प्रतियोगीताको बिजेताले ट्रफी र प्रमाणपत्रको साथै आकर्षक पुरस्कारसमेत पाउने अर्का आयोजक सन्तोस चालिसेले बताए । 

अष्ट्रेलियन डलर २० रजिष्ट्रेसन शुल्क लाग्ने कार्यक्रममा निशुल्क लञ्चको ब्यवस्था गरिएको छ । कार्यक्रमको रजिष्ट्रेशन यो लिङ्क मा गइ गर्न सनिन्छ । 

 

Advertisements
Advertisements

Leave a Reply