पत्याउन छोड्यो अष्ट्रेलियाले नेपाली बैंकका स्टेटमेन्ट

राजेश (नाम परिवर्तन) अष्ट्रेलियाको युनिभरसिटीमा अध्यायनरत थिए । बिचमा कोर्ष परिवर्तन गरेका कारण उनको भिषा सकियो र भिषाको समयावधी बढाउन उनले ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ मा आवेदन दिए । आवेदन दिन उनले संलग्न गरेको कागजातमा अष्ट्रेलियामा रहुञ्जेल आफुसँग पर्याप्त हुने गरि रकम रहेको प्रमाणका रुपमा आफ्ना बाबुको नाममा नेपालको बाणिज्य बैंकमा रहेको खाताको स्टेटमेन्ट राखेका थिए । केही समयपछी डिपार्टमेन्ट अफ होम अफेयर्सबाट उनलाई एक इमेल आयो जसमा उनले आफुसँग भएको रकममा उनको पँहुच भएको प्रमाणित गर्न उक्त रकमलाई अष्ट्रेलियामा रहेको उनको बैंक एकाउन्टमा ल्याउन भनियो ।

मेट्सका इन्टरनेसनल साउथ अष्ट्रेलिया शाखाका म्यानेजर एन्जल पाण्डे पछिल्ला समयमा डिपार्टमेन्ट अफ होम एफेयर्सले विद्यार्थीहरुलाई अष्ट्रेलियामै आफ्नै नाममा रहेको बैंक खातामा रकम ल्याउन भन्नेगरेको घटना बढ्दो क्रममा रहेको अनुभव सुनाउछन । 

” नेपालमा रहेका आभिभावकका नाममा रहेको खातामा रकम देखाउदा पनि रकममा आफ्नो पंहुच रहेको प्रमाण खोज्ने घटना भर्खरै शुरु भएको हो । पहिलेका दिनमा नेपालका अभिभावकको नाममा रहेको बैंकखाताको स्टेटमेन्टलाई स्विकार गर्दै भिषा दिइरहेको अवस्था थियो । विद्यार्थीको नाममा शुरुमा नै बढी रकम देखाउदाँपनि विद्यार्थीसँग त्यति धेरै पैसा कसरी आयो भनेर श्रोतको खोजी गर्नसक्ने अवस्था हुन्छ, नेपालका बैंक खाताको रकमलाई अष्ट्रेलियामा रहेको आफ्नै खातामा ट्रान्सफर गर्न भन्न थालेपछी नेपाली विद्यार्थीहरु समस्यामा पर्नथालेका छन ।” पाण्डे सुनाउछन । 

उता जिनियस कन्सलटेन्सिका प्रोप्राइटर चन्द्र कुबर भने नेपालमा पर्याप्त रकम भएको प्रमाण देखाएर आएका विद्यार्थीले अष्ट्रेलिया आउनासाथ बिभिन्न कारण देखाउदै आफुले कलेज/युनिभर्सिटिलाई  फि तिर्न नसक्ने भन्नेगरेको घटना आफुले सुन्दै आएको बताउँदै त्यस्तो घटनाको न्युनिकरणका लागी अष्ट्रेलियाले रकम यहि रहेको बैंक एकाउन्टमा रकम खोजेको हुनसक्ने तर्क गर्छन । 

कारण जे भएपनि अष्ट्रेलियामा कमाएर फि तिर्छु भन्दै अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुलाई परिवर्तित यस नियमले गाह्रो पार्ने देखिन्छ । 

Advertisements
Advertisements

Leave a Reply