अष्ट्रेलियाले गर्यो एकैपटक ७० विद्यार्थीको भिषा रद्द

अष्ट्रेलियाले आइतवार ७० जनाको भिषा रद्द गरेको छ । अष्ट्रेलियन बोर्डर फोर्सले आइतवार चीनबाट अष्ट्रेलिया अध्यायनका लागी आएका ७० जना विद्यार्थीको भिषा एकैपटक रद्द गर्नुका साथै उनीहरुले साथमा ल्याएका सामानहरु जफत गरेको छ । 

उनीहरु सिड्नी मेलबर्न, ब्रिसवेनलगायतका ठाँउमा रहेका बिभिन्न युनिभरसिटीमा भर्ना भएका थिए । धेरैजसो विद्यार्थी भने सिड्नीका विश्वविद्यालयका भएको बुझिएको छ । 

अष्ट्रेलियाले चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै चीनलाई ट्रान्जिट बनाइ आउने विद्यार्थीहरुको भिषा रद्द गरिने घोषणा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शनिवार अपह्रान्न गरेका थिए । मरिसनले यस्तो घोषणा गर्दा ती विद्यार्थीहरु जहाज चढिसकेको र परोवर्तित नियमबारे संभवत अनभिज्ञ थिए । 

कोरोना भाइरसबाट हालसम्म चीनमा ४३६ र फिलिपिन्समा एकजनाको मृत्यु भइसकेको छ । 

 अष्ट्रेलियाका युनिभरसिटीहरुले भने यसले अष्ट्रेलियाको शिक्षा उद्योगमा नकारात्मक प्रभाव पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन । 

Advertisements
Advertisements

Leave a Reply