अष्ट्रेलियन नेप्लीज जर्नालिस्ट एशोसिएसनद्वारा सदस्यता आव्ह्वान

पहिलो अधिवेशन दक्षिण अष्ट्रेलियामा 

अष्ट्रेलियन नेप्लीज जर्नालिस्ट एशोसिएसन (एन्जा) ले सदस्यता आव्ह्वान गरेको छ । अष्ट्रेलियामा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुलाई एकिकृत गर्ने उदेश्यका साथ गठन गरिएको यस संस्थाले यहि १० तारिख भित्रमा आवेदन दिन आव्ह्वान गरेको हो ।  

संस्थाले पहिलो अधिवेशन दक्षिण अष्ट्रेलियाको एडिलेडमा यहि मार्च ७ तारिखका दिन गर्ने तयारी गरेको छ । संस्थाका अध्यक्ष हेमन्त काफ्लेले योग्यता पुगेका र अष्ट्रेलियामा बसेर पत्रकारिता गरिरहेका सबैलाई सदस्यताका लागी आवेदन दिन आग्रह गरेका छन । दिइएको यो लिङ्क मा गइ एन्जाको सदस्यता आवेदन दिन सकिन्छ । 

अधिवेशन तयारी समितिका संयोजक नारायण खड्काका अनुसार कार्यक्रम 512-14 Cross Road, Glandore मा रहेको Fresh Chulo मा साँझ ६:३० बजेबाट हुनेछ । अधिवेशनमा अष्ट्रेलियाभरि रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुको सहभागिता रहने छ भने स्थानिय राजनीतिक दलका नेताहरुका साथै राजदुत तथा वाणिज्यदूतहरुको समेत सहभागिता रहने खड्काले बताए । कार्यक्रमलाई सफल पार्न गैर आवासिय नेपाली संघ दक्षिण अष्ट्रेलियाले समेत सहयोग गरिरहेको संयोजक नबिन पन्तले बताए । 

Leave a Reply