अष्ट्रेलियाबाट समाचार फैल्याउनेहरुको नियत गम्भिर छ: पर्यटन मन्त्री भट्टराई

‘नेपाल भ्रमण बर्ष २०२०’ को उद्घाटन गर्न अष्ट्रेलिया पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाबाट उनीसहितको टोलीलाई र्याली गर्नबाट रोकिएको समाचार फैल्याउनेहरुको नियत गम्भिर भएको दाबी गरेका छन । नेपाली राजदुतावासको आयोजनामा र NRNA लगायतका संघ/ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको दाबी गरेका छन । 

 “NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ! ” भट्टराईले भनेका छन । 

डढेलोका कारण चरम संकटबाट गुज्रीरहेको अष्ट्रेलियामा हाल यस्तोखालको कार्यक्रम गर्न नहुने भन्दै सामाजिक सञ्जालमा यसको चर्को बिरोध हुदै आएको छ । सिड्नीबाट पर्यटनमन्त्रीसहितको टोलीलाई र्याली गर्न नदिएको भन्ने समाचार आएपछी पर्यटनमन्त्री सहित आयोजक नेपाली राजदुतावासको समेत आलोचना भइरहेको छ । 

अष्ट्रेलियामा रहेका नेकपाका कर्यकर्ताले भने भट्टराईको बचाउ गरिरहेका छन । केही तटस्थहरुले देशका लागी भइरहेको पर्यटन प्रवर्दनको कामको बिरोध गर्न नहुने धारणा राखिरहेका छन । 

उता अष्ट्रेलियाका लागी नेपाली राजदुत महेशराज दाहालले पनि “समाचारमा आएजस्तो केही नभएको” भन्दै समाचारको खण्डन गरेका छन । 

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न एनआरएनए अष्ट्रेलियाले गठन गरेको विशेष टास्कफोर्सका संयोजक दिनेश पोखरेलले ओपेरा हाउसभित्र छिर्न नदिइएको स्विकार्दै समाचार आएजस्तो भने नभएको बताएका छन । 

Advertisements
Advertisements

Leave a Reply