सिड्नीमा नेपालका पर्यटनमन्त्री सम्मिलित भिजिट नेपालको र्याली गर्न दिइएन

‘भिजिट नेपाल २०२०’ लाई उद्घाटन गर्न अष्ट्रेलिया आएका नेपालका पर्यटनमन्त्री सहितको टोलीलाई सिड्नीमा र्याली गर्न नदिइएको समाचार छ । सम्बन्धित निकायको अनुमतिबिनानै र्याली गर्नखोज्दा सुरक्षा सम्बद्द व्याक्तिहरुले रोकेको बुझिएको छ । 

र्यालीमा नेपालका पर्यटन मन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागी नेपाली राजदुत महेश राज दाहाल, न्यू साउथ वेल्सका लागी नेपाली वाणिज्यदुत दीपक खड्का, भिक्टोरियाका लागी नेपाली वाणिज्यदुत चन्द्र योञ्जनलगायतको सहभागीता रहेको थियो । 

न्यू साउथ वेल्स प्रहरीले कार्यक्रम ब्यापारिक भएकाले प्रदर्शन गर्न कानुन सम्मत नहुने भन्दै कार्यक्रमका लागी अनुमति नदिदा पनि जबरजस्ति कार्यक्रमको आयोजना गरिएको स्रोतले दाबी गरेको छ ।

र्याली आयोजनाका लागी न्यू साउथ वेल्सको सम्बन्धित निकायबाट अनुमति लिनका लागी जिम्मेवारी दिइएका एनआरएनएका पुर्व कोषाध्यक्ष डिला खरेलले आफुले अनुमति नपाएको जानकारी गराएपछी आयोजकको यस्तोखाले र्याली गर्ने योजना नरहेको दाबी गरेको साउथ एसिया डटकमले लेखेको छ । 

र्यालीलाई रोकिएपछी र्यालीमा सहभागीता जनाउन गएका सयभन्दा बढी नेपालीहरु आयोजकहरुप्रति रुष्ट बनेको प्रकास हुमगाँइले बताएका छन । 

नेपाली दुतावास र वाणिज्य दुतावास आयोजक रहेर सम्बन्धित निकायबाट अनुमति नै नलिइ सार्वजनिक स्थलमा कार्यक्रमको आयोजना गरिने कुरा पत्याउनपनि निकै गाह्रो भएको प्रतिक्रिया अष्ट्रेलियाका नेपाली कानुन व्यावसायी समशेर थापाले दिएका छन ।  

Advertisements
Advertisements

Leave a Reply